STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुर्खेतमा ‘बालिका बचाउ अभियान’ शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २३, बिहिबार

गत वर्षदेखि दैलेखबाट शुरु भएको ‘बालिका बचाउ अभियान’ सुर्खेतमा पनि शुरु गरिएको छ । बालिकालाई यौन दुव्र्यवहार तथा बलात्कारबारे कानूनी जानकारी गराउनुका साथै उनीहरुको आत्मबल बढाउने उद्देश्यले अभियान सञ्चालनमा ल्याइएको हो । गैरसरकारी संस्था भिएसओ÷आइसीएसको सहयोगमा यहाँका नौ वटै स्थानीय तहका समुदाय र विद्यालयमा अभियान सञ्चालन गरिनेछ । अभियानका संयोजक सजना सुनारले दैलेखका विभिन्न समुदाय र विद्यालयमा अभियान प्रभावकारी भएपछि सुर्खेतमा पनि शुरु गरिएको जानकारी दिनुभयो । अभियानबाट बालिकाले कानूनी ज्ञान हासिल गर्नुका साथै आत्मबल बढ्ने हुँदा यौनजन्य हिंसामा कमी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । संयोजक सुनारका अनुसार वीरेन्द्रनगर नगरपालिकाको वडा नं १ बाट अभियान शुरु भइसकेको छ । “आवश्यकताका आधारमा अन्य स्थानमा पनि अभियान सञ्चालन गर्नेछौँ”, उहाँले भन्नुभयो, “जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, अभिभावक र बालिकालाई अभियानमा प्रत्यक्ष सहभागी गराइएको छ, मुख्य उद्देश्य त बालिकाहरुको आत्मबल बढाई यौनजन्य हिंसाविरुद्ध प्रतिकारमा उर्तानु नै हो ।”
Categorized in उपत्यका