STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुप्रसिद्ध भारतिय अभिनेत्री शबाना आजमी नेपाल आउने

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक २७, आइतबार

भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउनु हुनुभएको छ । उहाँ दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विशेष अतिथिको रुपमा सहभागी हुन काठमाडौं आउन लाग्नु भएको कुरा नेपाल अन्तर्राष्ट्रिय नाटेय महोत्सव २०७९ का महोत्सव सदस्य तथा सञ्चार संयोजक केदार श्रेष्ठले जानकारी दिनु भएको छ । 

आगामी मंसिर ९ गते सुरु हुने महोत्सवको उदघाटनमा विशेष अतिथिको रुपमा आयोजक मण्डला थिएटरले भारतको रंगमञ्च र चलचित्र क्षेत्रमा ख्याति कमाउनु भएका सुप्रशिद्ध अभिनेत्री आजमीलाई आमन्त्रण गरेको हो । "सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव” भन्ने नाराका साथ हुन लागेको यस महोत्सवमा उहाँले नेपाली रंगकर्मी तथा कलाकारहरुलाई ‘मास्टरक्लास’ पनि दिनुहुने कुरा महोत्सव निर्देशक सिर्जना सुब्बाले जानकारी दिनु भएको छ ।

महोत्सवको दोस्रो दिन मंसिर १० गते साँझ ७ः३० बजे मण्डला थिएटरको मुख्य हलमा मास्टरक्लास हुने बताइएकोछ । साथै अभिनेत्री शबाना आजमीले महोत्सवले आह्वान गरेको ‘इनोभेटिभ आइडिया अवार्ड’का लागि आवेदन परेका मध्ये एक अवधारणालाई आयोजकको तर्फबाट पुरस्कृत पनि गर्नुहुने कुरा महोत्सव संयोजक विजया कार्कीले बताउनुभयो । 

भारतमा सबैभन्दा प्रशंसित अभिनेत्रीहरु मध्ये एक मान्नु हुने शबाना आजमीले उत्कृष्ट अभिनेत्रीका लागि पाँच  फिल्मफेयर अवार्ड तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मान पाउनुभएको छ । विशिष्ट र अपरम्परागत महिलाको चित्रणका लागि ख्यातिप्राप्त अभिनेत्री आजमीलाई भारत सरकारले सन् १९९८ मा ‘पद्मश्री’ र सन् २०१२ मा ‘पद्य भूषण’बाट सम्मान गरेको थियो । 

मण्डला थिएटरमा मंसिर १७ सम्म आयोजना हुने महोत्सवमा देश–विदेशका २२ नाटकको सहभागिता हुनेछन् । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

Categorized in साहित्य-कला