STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुन तस्करी प्रकरण : थप ४ चिनियाँ नागरिक पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण ३१, बुधबार

काठमाडौं - तस्करीको ६० केजी सुन बरामद प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतका अनुसार पक्राउ पर्नेमा ३ महिला र एक पुरुष छन् । मंगलबार राति काठमाडौंका विभिन्न स्थानबाट तियानमी,वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका हुन् ।

सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई राजश्व छलि तथा संगठित अपराधको कसूरमा अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगिएको कठायतले बताए ।

राजश्व अनुसन्धान विभागले साउन ३ मा सुनसहितको १५५ केजी ‘ब्रेक शु’ बरामद गरेको थियो । तर, मङ्गलबार गालेर जोख्दा ६० केजी मात्रै सुन भएको खुलेको थियो ।

विभागले गरेको पत्राचारका आधारमा कालोसूचीमा परेका तीन चिनियाँ नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेर सोमबार ब्युरोलाई बुझाएको थियो । तीमध्ये कसैको पनि सुन तस्करी प्रकरणमा संलग्नता नदेखिएको भन्दै सीआईबीले छाडेको छ ।

यो प्रकरणमा १९ दिनसम्म अनुसन्धान गरेर राजश्व अनुसन्धान विभागले थप अनुसन्धानका लागि भन्दै सीआईबीलाई अनुसन्धानको सम्पूर्ण विवरण जिम्मा लगाएको थियो ।

Categorized in अपराध-दुर्घटना