STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुन तस्करीमा पक्राउ परेका महरा नर्भिक अस्पतालमा भर्ना

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र ६, मंगलबार

काठमाडौं - सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।

महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू  भनेर जिल्ला अदालत काठमाडौंले पनि आदेश दिएकाले महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए ।

यसअघि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । महरा कपिलवस्तुबाट आजै पक्राउ परेका थिए । उनलाई भेपमा लुकाएर ल्याइएको सुन प्रकरणमा अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउलगत्तै उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

Categorized in राजनीति