STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुन्दरीहरूले मनाए यःमरि पुन्हि

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ मङ्सिर २३, शुक्रबार

नेप्लीज फेसन होमले हरेक वर्ष यो वर्ष पनि मिस नेवाः नेपाल, मिस लिटील नेवाः र किड क्वीनका विजेता, उपविजेता र सहभागीका साथमा यस वर्ष हुने मिस लिटील नेवाः का प्रतियोगीहरुले बिहीबार यःमरि बनाउने विधि सिक्दै र सिकाउँदै यःमरि पुन्हि मनाएका हुन्। 

राजधानीको डिल्लीबजारस्थित नेप्लीज फेसन होमको कार्यालयमा रहेको प्रशिक्षण कक्षमा जम्मा भएका नेवार सुन्दरीहरुले बिहीबार दिनभर चामलको पिठो मुछेर रोटी बनाई चाकु र खुवा राखेर यःमरि बेरेर बनाएका थिए। उनीहरुले प्रशिक्षण हलमा नै बफ्याएर यःमरि पकाई एक अर्काका साथमा अतिथीहरुलाई चखाएका थिए। कहिले मिस नेवाः नेपालका विजेताहरुले मिस लिटील नेवाः र किड क्वीनहरुलाई यःमरि बनाउन सिकाएको र कहिले उनीहरुले मिस नेवाः नेपालहरुलाई सिकाएको दृश्य रोचक लाग्थ्यो। बीच बीचमा आयोजक समूह र अभिभावकले पनि उनीहरुलाई यःमरि बनाउन सिकाएका थिए । 

आयोजक हेमा मानन्धरले यःमरि पुन्हि नेवारहरुको चाड मध्येको महत्वपूर्ण पर्व भएकाले हरेक वर्ष यःमरि पुन्हिका अवसरमा नेवार सुन्दरीहरुलाई यःमरि बनाउन सिकाएर र एक अर्कालाई खुवाएर यो दिवस मनाउने गरेको बताइन् । उनले यःमरि संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न आफूहरूले यो कार्यक्रमलाई निरन्तरता दिएको बताइन्।

Categorized in साहित्य-कला