
सुन्दरताको परम्परागत मान्यता तोड्दै मिस युनिभर्समा दीपिका
Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ३, आइतबार

मिस युनिभर्स २०२३ मा नेपालबाट प्रतिनिधित्व गरेकी जेन दीपिका गारेट एलिजाबेथ ग्यारेट उत्कृष्ट २० मा पुगेर बाहिरिएकी छन्। उनले प्लस साइज मोडल को रूपमा अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चा बटुलेकी थिइन्।
दीपिकाले उत्कृष्ट २० मा पर्न सफल हुँदा सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छन्।
“शीर्ष २० मा मेरो समर्थन गर्ने मानिसहरूप्रति आभारी छु। मैले मेरो तर्फबाट सबैभन्दा राम्रो गर्ने कोसिस गरें। म संसारभर वास्तविक आकारको सुन्दरताको प्रतिनिधित्व गर्न पाउँदा र सौन्दर्य प्रतियोगिताको परम्परागत मापदण्ड तोड्न पाउँदा गर्व गर्छु। नयाँ मिस युनिभर्समा धेरै गर्व छ र मेरो जीवनको यो क्षणलाई कदर गर्नेछु, जुन जीवन परिवर्तन थियो,’ उनले लेखेकी छन्।
मिस युनिभर्स २०२३ को उपाधि निकारागुआकी सेनिस पलासियोसले जितेकी छन्। निकारागुआले पहिलो पटक मिस युनिभर्स टाइटल जितेको हो।
एल. साल्भाडोरमा आयोजित भएको कार्यक्रममा ८४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस युनिभर्सको उपाधि जितेकी हुन्।
थाइल्यान्डकी एन्टोनिया पोर्सिल्ड फर्स्ट रनरअप, अष्ट्रेलियाकी मोरया विल्सन सेकेन्ड रनरअप घोषित भए।
Categorized in साहित्य-कला