STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुनचाँदी व्यवसायीमा ११ लाख ब्यक्तिलाई रोजगारी प्राप्तः अध्यक्ष शाक्य

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ११, सोमबार

सर्वप्रथम म यस काठमाडौं सुनचाँदी ब्यवसायी संघको सोह्रौं साधारण सभामा उपस्थित हुनु भएका सम्पूर्ण सदस्य महानुभावहरु, प्रमुख अतिथि डा. श्री सत्यमोहन जोशीज्यू, प्रदेश नं.३ का सभामुख विशिष्ट अतिथि माननीय श्री सानु कुमार श्रेष्ठज्यू, अतिथिज्यूहरु, पत्रकार तथा आमन्त्रित सम्पूणं महानुभावहरु समक्ष कार्यसमितिको तर्फबाट र मेरो ब्यक्तिगत तर्फबाट हार्दिक हार्दिक स्वागत  आर्थिक समृद्धि सहितको अभिवादन व्यक्त गर्दछु । राजधानी जिल्लाका रुपमा रहेको बिभिन्न सुनचाँदी सम्बन्धी विविध संघहरुको तिब्र प्रतिस्प्रर्धात्मक परिवेशमा समेत यस संस्थाले आफ्नो व्यवसायिक सदस्यहरु र संस्थाको उद्देश्यलाई सर्वोपरी मानेर बिगत आर्थिक वर्षहरुमा झैं गुणस्तरिय सेवा सुविधा प्रधान गर्दै आइरहेको छौं । आगामी दिनहरुमा समेत उपभोक्ता र ब्वयवसायीहरुको हक हितका लागि निरन्तर प्रयत्नशील रहिरहने जानकारी म यस गरिमामय सभामा उपस्थित सम्पूर्ण महानुभावहरुलाई गराउँदछौं । उपस्थित आदरणीय महानुभावहरु, तत्कालिन अवस्थामा नेपाल सुनचाँदी व्यवसायी संघ काठमाडौं २०४४ नामाकरण गरि काठमाडौं उपत्यकाका जागरुक अग्रणी सुनचाँदी व्यवसायीहरुबाट वि.स. २०४४ सालमा तदर्थ समिति गठन गरी त्यसबेलाको सुनचाँदी व्यवसायीहरुमा आइरहने कठिनाई, कारोबारमा आइरहने समस्याहरुको संबोधन गरी संगठन मार्फत समाधान गर्ने उ द्देश्यका साथ उपत्यकाबाट पहल गरी अथक प्रयासको परिणाम स्वरुप २०४५ सालमा तत्कालीन पञ्चायती व्यवस्थामा स्वतन्त्र अस्तित्वका साथ व्यवसायिक संगठन बनाउन सक्नु पनि ठूलो उपलब्धी थियो । निर्दलिय पञ्चायती व्यवस्थामा कुनै पनि संघ संस्था खोल्न उक्त व्यवस्था अन्तर्गत कै बर्गिय संगठनको सदस्यता लिएर मात्र संस्था दर्ता गर्नु पर्ने अपवादको रुपमा नेपाल सुनचाँदी व्यवसायी संघ जि.प्र.का.मा दर्ता भएको थियो । यसका लागी हाम्रा अग्रज श्री धर्मवीर शाक्य, श्री जितेन्द्र लाल श्रेष्ठ, श्री निरञ्जन रत्न शाक्य, श्री तेज रत्न शाक्य र श्री शुभकाजी शाक्य लगायको तत्कालिन संस्थापक नेतृत्व समुहलाई स्मरण र नमन गर्दै धन्यवाद नदिई रहन सक्दैनौं । यस संस्थाको स्थापना पश्चात सुनचाँदी बजारमा दैनिक दरभाउ देखि लिएर व्यवसायसंग सम्वन्धित विविध समस्या र समाधानहरु निकाल्दै गर्दा संस्थाले आफूलाई समय अनुकुल आफूलाई परिमार्जन गर्दै नेपालभरका सुनचाँदी व्यवसायीहरुहलाई शाखा प्रशाखा मार्फत यस संगठनमा आवद्ध गर्दै लाने क्रममा वि.स. २०५८ साल पौष ७ गते राजधानी अवस्थित काठमाडौं शाखा सम्बन्धी ब्यवस्था बनाई आफु अन्तर्गत कै जिल्ला शाखाको रुपमा स्थापना गरिएको यहाँहरुलाई जानकारी नै छ । हाल २०६९ ७० सालदेखि नेपालको परिवर्तन समय परिस्थिति अनुसार आफ्नो भुमिकालाई परिमार्जन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघको रुपमा देशव्यापी संगठन संजाल विस्तार गर्ने क्रममा महासंघमा आवद्ध काठमाडौं सुनचाँदी ब्यवसायी संघको रुपान्तरण र स्तरउन्नती गरि स्वतन्त्र विधानका साथ स्वयात्त नयाँ भूमिका र जिम्मेवारीका साथ जिल्ला संघका रुपमा आफूलाई प्रस्तुत गर्न सफलता प्राप्त गरि पहिलो संस्थापनको कार्यकाल पाँचौ वर्ष पुरा गरेको छ । यसै क्रममा नयाँ निर्वाचित यस कार्यकालको तिन वर्षे विशेष संस्थागत अनुभवको कार्यक्रमका रुपमा पाँच खम्बे महत्वपूर्ण नीति यस बजारको दीर्घकालिन हित होस भनी यहाँ यस गरिमामय सभामा प्रस्तुत गर्न चाहन्छु । १) परिकल्पना यस क्षेत्रमा झण्डै ११ लाख ब्यक्तिहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट रोजगारी प्राप्त गरिरहेको छन् । समग्र सुनचाँदी बजारले आन्तरिक बचतलाई बृद्धी गर्दै गरिबी न्यूनीकरणमा समेत महत्पूर्ण भुमिका निर्वाह गर्दै आईरहेको छ । नेपालको अर्थतन्त्रमा समग्र १५ गुणा र निर्यात १ गुणा हुन गई आयात र निर्यात बीचको दुरी दिन प्रति दिन बढ्न गई ब्यापार घाटा आकसिंदै गएको हालको अवस्थामा मुलुकको अर्थतन्त्रलाई टेवा दिनको लागि सुनचाँद ितथा बहुमूल्य पत्थर जडित नेपाली मौलिक गरगहनाको निर्यातमुलक उद्योगले देशको अर्थतन्त्रमा अत्यन्तै महत्वपूर्ण भुमिका खेल्ने स्पष्ट छ । त्यसै कारण नेपाल सरकारले लिई रहेको परम्परागत सुनचाँदी अवधारणा, सुनचाँदी कच्चा पदार्थ कोटा प्रणाली र नियम, ऐन, कानुन र मापदण्डहरु तत्कालै र अविलम्ब परिवर्तन गरी लगानीको नयाँ क्षेत्रको रुपमा घोषणा गरिनु पर्ने आग्रह गर्दछु । हालै आएको संघीयता सहितको प्रजातान्त्रीक ब्यवस्था अनुसार सुनचाँदी बहुमूल्य पत्थर जडित मौलिक नेपाली गरगहनाको निर्यातमुलक उद्योगहरुको स्थापना गर्ने नयाँ सोचको विकल्प नभएको सम्मानित यहाँहरुलाई अवगत नै छ । २) लक्ष्य (mष्ककष्यल) ः देशको आर्थिक बिकासको लागि राज्यको समेत साथ र सहयोग प्राप्त गरि यस क्षेत्रको आर्थिक बिकास, रोजगारको सिर्जना, गुणस्तरिय गरगहनाहरुको क्रय, विक्रय र उत्पादन गरि श्रोत, साधनको सिर्जना गरि यसमा आवद्ध ब्यवसायीहरुलाई आकर्षक प्रतिफल प्राप्त हुनेगरि र सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न योजना र आयोजनाहरु मार्फत सुनचाँदी, रत्न पत्थर, र बहुमूल्य वस्तुहरुको आर्थिक कारोबारहरुको माध्यमबाट नागरिक, ब्यवसायी र राष्ट्रिय आयमा थप योगदान गरि नेपालीहरुको जीवनस्तरमा टेवा दिने बृहत लक्ष्य हाम्रो रहेको छ । सुनचाँदी लगायत बहुमूल्य पत्थर जडित नेपाली मौलिक गरगहनाहरुको प्रर्वधन गर्न हालै स्थापना भएको नेपाल जेम्स एण्ड ज्वलेरी काउन्सिल अन्तर्गत विविध बजार प्रवद्र्धनात्मक कार्यक्रमहरुमा संस्थाको सक्रिय योगदान सहित प्रतिनिधित्व गर्दै र सुनचाँदीका वस्तु तथा गरगहनाको प्रवर्धन गर्न संयुक्त राज्य अमेरिका, एसिया, र युरोपियन बजारहरुका प्रतिष्ठित ब्यापापर मेला tucson jewellery shpw usa, hongkong international jewellery show, bangkok gems and jewellery fair, dubai jewellery show, inhorgenta show germany / l5d]sL d'n's ef/tsf] india international gems and jewellery show र छिमेकी मुलुक भारतको आदि मेलामा सक्रिय सहभागी हुन हामी यहाँ उपस्थित सम्पूर्ण सदस्य महानुभावहरुलाई आग्रह गर्दछु । ३) मूख्य मौलिक धारणा . सक्षम, स्वच्छ एवं सेवादायी सदस्य वडापत्र नवनिर्मित भवनसहितको सचिवालय हालै देखि कार्यान्वयन भईरहेको छ । . गुणस्तर र उच्च प्रतिफलमूखी कारोबार मार्फत सदस्य र उपभोक्तलाई प्रतिफल प्राप्त भई हाम्रो नारा सुखी नेपाली हामी, हाम्रो समृद्ध नेपाल त्यसैका लागि, ऐन कानून सहित, प्रवद्धित सुनचाँदी बजार सार्थक हुन गईरहेको छ । . बिश्वसनिय एवं सामाजिक उत्तरदायित्वको आधार सहित समुदाय र समाजमा यस क्षेत्रको प्रतिनिधित्व भइरहेको छ । . आवद्ध संगठन सदस्य, कर्मचारीहरुको आफ्नोपन र सहअस्तित्वको अनुभुति हुने गरि प्रत्येक सोमबार र बिहिबार विहान १०ः३० बजे देखि दिउँसो १ः०० बजेसम्मको नियमित भेटघाट, छलफल, अन्तरक्रिया गरि करिब सम्पूर्ण सदस्यहरुसंग समन्वय भइरहेको छ । ४) संस्कृति . यस सुनचाँदी बजारको आधारसिलाका रुपमा बरिष्ठ ब्यवसायीहरुको आर्शिवाद प्राप्त गरि उहाँहरुकै निर्देशन समग्र सुनचाँदी बजार प्रतिबद्ध भई कार्यरत समूह नै हाल कार्यसमितिका रुपमा ३ वर्षका लागि एकतावद्ध भई बजार सेवामा छौं । . प्रत्येक महिनाको पहिलो हप्ता नियमित कार्यसमिति बैठकहरु र आकस्मिक बैठकहरु सम्पन्न गर्दै अनुशासित रुपमा कार्यरत रहेका छौं . कानुन , ऐन, नियम र सुनचाँदी बजार मापदण्ड नभएको अन्यौलको अवस्थामा ब्यवासायिक सशक्तिकरणका विविध कार्यक्रम सहित कार्यान्वयन चरणमा छौं । ं मेची महाकाली सुनचाँदी जागरण अभियान मार्फत उपत्यका लगायत देशब्यापी रुपमा बर्दिबास, महोत्तरी, सिरहा, सप्तरी, रौतहत, बारा, सिन्धुली, उदयपुर, पर्सा र सर्लाही हुँदै पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मोरङ, धरान, कास्की, लम्जुङ, बाग्लुङ, म्याग्दी, बेनी, कुस्मा पर्वत, गोरखा, मकवानपुर, हेटौंडा, नारायणघाट, चितवन , नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, नेपालगञ्जसम्मका जागरुक सुनचाँदी ब्वयसायी र उपभोक्ता समेतको जिज्ञासा, समस्या र कारोबारमा देखिएका अन्यौलताहरुको संकलन गरि जागरण अभियानको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेका छौं । यस देशब्यापी अभियानका दौरान संकलन गरिएका हस्ताक्षरहरु विभिन्न राजनीतिक पार्टी प्रमुखज्यूहरुलाई भेटघाट गरि हस्तान्तरण गरिरहेको छौं । . यस संस्थाले विभिन्न राजनीतिक ब्यवस्थाहरुमा आफ्नो उपस्थिति देखाउँदै अनुकुल र प्रतिकुल अवस्थामा समेत उत्कृक्ष्ट रुपमा सदस्य र बजारप्रति जिम्मेवार रुपमा कार्य गरिरहेको छ । . उपत्यकामा अवस्थित सम्मान उद्देश्य भएका विविध संघ, संगठनहरुसंग आत्मिय सम्बन्धको विकास गर्दै संस्थागत, सुशासन कायम गर्दै प्रतिस्पर्धी क्षमताको विकास गर्दै निरन्तर कार्यरत रहेको छौं । ५) हाम्रो प्रण यस संघमा आवद्ध र संलग्न सबै सदस्यहरुको गौरब, मर्यादा र अपनत्व अनुभुति हुने खालको उत्कृष्ठ संस्थागत सिर्जना गरी नेपा भरका ब्यवसायीहरुको छाचा संगठन नेपा सुनचाँदी ब्यवसायी महासघं आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै एक सर्वोकृष्ट संस्थागत अभ्यास गर्दै समग्र सुनचाँदी बजारप्रति जिम्मेवार महासंघ संस्थाको र युवासशक्तिकरण र जागरण सहितको नयाँ नवीन सोचका साथ बजार सवलीकरण र जागरण अभियानको मध्य मार्गमा हामी छौं र यो निरन्तर जारी राख्न यहाँहरुको समर्थन र सद्भावको निकै आवश्यकता हुनेछ । यस अभ्यासको काषे डुङ्गा (mष्भि कतयलभ) को रुपमा हाम्रो टिमले गएको हप्ता महाभुकम्प २०७२ मा पिडित नेपालीहरुका लागि सक्रिय रुपमा राहत संकलन गरी भुकम्प प्रभावितहरुलाई खाद्यान्न लत्ता कपडा र नगद वितरणका साथसाथै श्रोतको रुपमा यस संस्थामा आवद्ध संस्थागत आजीवन साधारण सदस्यहरुको चन्दा संकलनबाट प्रशासनिक सचिवालय भवनलाई पुनः निर्माणागरि संस्कृतिविद् वाङमय शताब्दी पुरष डा. सत्यमोहन जोशीज्यूबाट समुद्घाटन सम्पन्न गरिसकेको अवस्था छ । त्यस्तै संस्थाको प्रशिक्षण केन्द्र भवनको समेत गरगहना प्रशिक्षण दिन अनुकुल हुने गरि र सम्पदा मैत्री समेत हुने गरि आर्किटेक इन्जिनियर तथा सम्पदाविद् अमित बज्राचार्यबाट भवनको नक्शांकन कार्य भईरहेको छ । यस प्रशिक्षण केन्द्र भवनको संचालन र निर्माणको अवधारणमा छलफल ल्याएका छौं यसमा हाम्रो अग्रज व्यवसायिकहरुको सुझाव परामर्श र अपनत्वको लागि समेत यस सभामा जानकारी गराउँदछु । नेपाल संघीय प्रजातान्त्रिक संविधान जारी पश्चात तिन तहका निर्वाचन प्रक्रिया सफलापूर्वक सम्पन्न भई स्थिर दुइ तिहाईको सरकार निर्वाचित भईसक्दा हालको सुनचाँदी बजार परम्परागत अवस्थाबाट खारिदै र माझिंदै गईरहेको छ । यस अवस्थासम्म यस क्षेत्र आधुनिक उद्यम र ब्यवसायीको स्तरमा स्तरउन्नती भई स्थापित भई सकेको छ । यस क्षेत्रमा कार्यरत बिसौं हजार ब्यवसायी देश विदेशका लाखौं कालिगढ र आश्रित सहयोगी ब्यवसायी संलग्न यस क्षेत्रमा अरबौको पुंजी र प्राविधिक ज्ञानको लगानी भै सकेको अवस्था छ । यस क्षेत्रलेप वार्षिक राजश्वमा वर्षैनी ९ अर्व भन्दा बढीको योगदान गरिरहेको छ । समग्र सुनचाँदी बजारले यस आर्थिक वर्ष करीब ७ हजार के.जी. सुन बैकिङ्ग प्रणालीबाट आयात भई करीब वार्षिक रु. ३५ अर्वको सुन नेपालको सुन बजारले प्राप्त गरेको अवस्था छ । यसमा झिटिगुन्टा भारी सुविधा अन्तर्गतको गरगहना समे थप गर्दा वार्षिक ५० अर्वको कच्चा पदार्थको सुन नेपाल भित्रि रहेको तथ्याङक छ । हाल संघियता सहितको प्रजातन्त्रको अवधारणा अनुसार स्थापित हुने ७ वटा प्रदेशहरुको आर्थिक संबृद्धि अनुकुल हुने गरि ज्वेलेरी क्षेत्रले समग्र नेपाली अर्थतन्त्रलाई योगदान गर्ने सम्भावना बृद्धी हुंदै गईरहेको छ । हाम्रा दुबै छिमेकी राष्ट्र भारत र चीनको कुल निर्यात ब्यापारमा सुनचाँदी र बहुमूल्य गरगहना क्षेत्रको योगदान वार्षिक १५ प्रतिशत रहेको छ । नेपालको निर्यात ब्यापारमा लगातार कमी हुँदै गएको वर्तमान, अवस्थामा (निर्यात ६ प्रतिशत र आयत ९४ प्रतिशत ) पुग्दन पनि वार्षिक १५ प्रतिशत भन्दा बढी योगदान दिन सक्ने नेपाली गरगहना क्षेधलाई प्रोत्साहन हुने नीति सरकारले ल्याएको छैन । उच्च गुणस्तर, मौलिता, सांस्कृतिक जातजातिहरुको विविधता नेपाली गरगहनाहरुमा झल्किने आदिका कारण अन्तराष्ट्रिय बजारमा नेपाली आभुषणहरु प्रति ठुलो आकर्षण छ र यसमा हाम्रो थप कुल जनसंख्याको लगभग २० प्रतिशत नागरिकहरु विदेशमा कार्यरत भईरहेको अवस्थामा चाडवाड, परम्परागत ब्यवहार, संस्कारका लागि समेत सुनचाँदी पत्थरजन्य बहुमूल्य अत्याधिक मात्रामा (यिध खयगिmभ जष्नज खबगिभ) निर्यातजन्य प्राथमिकता प्राप्त वस्तुमा पर्दछ । यसरी नेपाली आभुषणप्रति ठेलो आर्कषण रहेता पनि नेपाल सरकारको गरगहना निर्यात ब्वयवस्थाको अभावका कारण आधिकारिक रुपमा सुनचाँदी, हिरा जवाहारात आदी बहुमूल्य धातु तथा रत्न पत्थरहरुबाट निर्मित नेपाली मौलिक आभुषणहरुको निर्यात नगण्य अवस्थामा छ । अतः अन्तराष्ट्रिय स्वदेशी तथा विदेशी बजारमा उच्च कारोबार निर्यातको बृहत सम्भावना रहेको नेपाली आभुषण बजारलाई र देशको कुल निर्यात ब्यापारमा १५ प्रतिशतभन्दा बढी योगदान गर्न सक्ने सम्भावना भएको यस क्षेत्रको प्रवद्धनको लागि राज्य र निजी क्षेत्रको सहकार्यमा निकासी अभियानको रुपमा यसलाई अगाडी बढाईनु पर्दछ भनी यस संघको स्पष्ट धारणा छ । निष्कर्स यस सुनचाँदी तथा बहुमूल्य पत्थहरुको गरगहना कारोबार र बचत ब्यवहारलाई सरल र सुचारु रुपमा संचालन हुन दिन यस संघको स्थापना कालदेखि नै माग उठाउँदै आएको छ र तत्कालीन संविधान सभाका सम्माननीय सभामुख श्री सुभाष चन्द्र नेम्वाङ्गज्यू र तत्कालीन सम्माननिय राष्ट्रिपति श्री रामबरण यादब ज्यू, सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा वलीज्यू, पूर्व प्रधानमन्त्री ज्यूहरु शेर बहादुर देउवा, स्व. सुशिल कोइरालाज्यू र डा.श्री बाबुराम भट्राईज्यूहरुलाई विशेष समय लिएर २१ बुंदे सुनचाँदी ब्यवसायी सम्बन्धी ब्यबहारिक कठिनाई बुंदागत रुपमा हस्तान्तरण गरेको थियौं । सुनचाँदी रत्न पत्थर सम्बन्धी समग्र ब्यवसायलाई आवश्यक कच्चा पदार्थ, प्रविधि, कालिगढ र सहयोगी बस्तुहरुको सर्व सुलझ आपूर्ति र ब्यवररिक खरिद बिक्री तथा विवरण प्रणाली त्यस्तै यस ब्यवसायको सुरक्षा सम्बन्धी उठाएका वर्तमान समसामयिक विषय वस्तुहरुलाई सुनचाँदी ब्यवसाय ऐनका रुपमा मस्यौदा तयार गरि हामीहरुले ब्यवस्थापिका संसदमा सम्बन्धित समितिका संयोजक माननीयज्यूहरुलाई हस्तान्तरण गरिसकेका छौ । यस सम्बन्धि नयाँ सुनचाँदी ऐन बनाई लागू गर्न सकेमा समग्र सुनचाँदी व्यवसायी व्यवस्थित, सरल र सहज हुने अवस्था आउने छ देशलाई समेत कर, राजस्व आयमा थप योगदान प्राप्त हुनेछ । अन्त्यमा हाम्रा सम्पूर्ण सदस्य महानुभावहरु, प्रमुख अतिथि, विशेष अतिथि महानुभावहरु मार्ग निर्देशकको रुपमा रहेको नेपाल सरकार, नेपाल सुनचाँदी ब्यवसायी महासंघ र रत्न आभुषण महासंघ संस्ताका सल्लाकार, कार्यसमिति सदस्यहरु, लेखा परिक्षक, कानुनी सल्लाकार, एवं संस्थालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सम्पूर्ण शुभचिंतक, पत्रकारबन्धुहरु आदी सबैबाट यस संस्थाको सफलता एंव प्रगतिको लागि प्राप्त भएका सहयोग, सकारत्मक राय, सल्लाह तथ शुझावहरुलाई हृदयगंम गरी यहाँहरु प्रति हार्दिक आभार प्रकत गर्न चाहन्छु । यसकासाथै संस्थाको दोश्रो चरणका प्रक्षिक्षण केन्द्रको भवन निर्माण तथा स्वदेशी प्रशिक्षण कार्यक्रमलाई पुरा गर्नका लागि यहाँहरुको अमूल्य सहयोग तथा सुझावहरु सदैब प्राप्त भै रहने आशा तथा भरोसा राख्दछु । (काठमाण्डौ सुनचाँदी ब्यवसायी संघको चैत्र ९ गते शनिवार सम्पन्न १६ औ साधारणसभामा सघंका अध्यक्ष महेन्द्ररत्न शाक्यको स्वागत मन्तब्य स्मारिका बाट साभार )
Categorized in विचार