STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजिनामा

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र २३, शुक्रबार

गठबन्धन बदलिएसँगै प्रदेश सरकारमा पनि हलचल मच्चिएको छ । योसँगै सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा जारी सरकार ढलेका छन् । ती प्रदेशका प्रदेश प्रमुखहरुले आज छुट्टाछुट्टै अवसरमा राजिनामा दिएका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्।

प्रदेश सभामा विश्वासको मत पाउने अवस्था सिर्जना नभएपछि उनले बिहीबार साँझ प्रदेश प्रमुखसामु राजीनामा दिएका हुन्।

केन्द्रमा नयाँ गठबन्धन बनेपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

पछि उनले नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई मन्त्रालय बाँडेर सरकार टिकाउने प्रयत्न गरेका थिए।

नाउपाको आन्तरिक विवाद र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असहयोग गर्ने भएपछि उनले राजीनामा दिएका हुन्।

यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन्। उनले राजनीतिक फेरबदलकै कारण राजीनामाको निर्णय लिएको बताएका छन्। केन्द्रमा नयाँ गठबन्धन बनेपछि उनी अल्पमतमा परेका थिए।

बहुमत जुटाएर विश्वासको मत लिने प्रयास गरेका चौधरीले बहुमत नजुट्ने देखिएपछि अन्तिम समयमा प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै बिहीबार राजीनामा दिएका हुन् ।

सम्बोधनका क्रममा उनले संघीय संरचनाअनुसार प्रदेश सरकार फेरबदल हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन्। हरेक नयाँ सरकार बन्दाको दिनदेखि नै त्यो सरकारको दिनगन्ती सुरु हुने गरेको भन्दै प्रदेश आफैमा सबल र स्रोत सम्पन्न नभएसम्म संघीयता दिगो र प्रभावकारी हुन नसक्ने बताए।

औचित्य पुष्टि गर्न नसक्दासम्म प्रदेशको विकास हुन नसक्ने उनको दाबी थियो ।

Categorized in राजनीति