STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुदूरपश्चिम पृतनापति ट्रफी शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३१, शुक्रबार

नेपाली सेनाको सुदूरपश्चिम प्रदेशअन्तर्गत पृतनापति ट्रफी खेलकूद प्रतियोगिता आज शुक्रबारदेखि शुरु भएको छ । श्री नं २५ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी शरद ढलकाले कैलालीको अत्तरियास्थित तेघरी ब्यारेकमा आयोना गरिएको सो प्रतियोगिता शुभारम्भ गर्नुभयो ।
सहायकरथी ढकालले ‘खेलौँ र स्वस्थ रहौँ’ भन्ने मनसायसहित अनुशासनमा बसेरस्तरीय खेल प्रदर्शन गर्न खेलाडीहरुलाई निर्देशन दिनुभयो  ।प्रतियोगिताअन्तर्गत फुटबल, भलिबल, पौडी, बास्केटबललगायत सात वटा खेलमा यहाँका नौ वटै जिल्लाका गण तथा गुल्मका गरी ३४६ महिला तथा पुरुष खेलाडी सहभागी रहने नेपाली सेनाले जनाएको छ ।सात खेलमध्ये बक्सिङ, बास्केटबल, भलिबल र पौडी श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकले भीमदत्तनगरमा सञ्चालन गरिने  भएको छ ।
 
Categorized in खेलकुद