STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुदूरपश्चिम पहाडमा भूकम्पको धक्का

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २६, मंगलबार

सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो । यसअघि चैत ४ गते पनि भारत र चीनको सीमाआसपास दार्चुलाको लिपुलेक केन्द्रविन्दु भएर लगातार तीन पटक परकम्प गएको थियो । गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ ।
Categorized in राष्ट्रिय