STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुत्केरीलाई भत्ता

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १७, शुक्रबार

तुलसीपुर उपमहानगरपालिकाले हालसम्म दुई हजार ७२६ जनालाई सुत्केरी भत्ता वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले २०७४ असोजदेखि सुत्केरी मत्ता वितरण शुरु गरेको थियो । जसबाट हालसम्म करीब ८४ लाख बजेट प्रयोग भएको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । सुरक्षित मातृत्वका लागि सुत्केरी भत्ता वितरण गरिएको प्रमुख पाण्डेले बताउनुभयो । यस्तै चालू आवमा ११५ किशोरीलाई आत्मरक्षा तालीम दिइएको छ । बाँकी चार सय जनालाई यसै वर्ष तालीम दिने योजना बनाएको प्रमुख पाण्डेले बताउनुभयो । त्यस्तै उपमहानगरपालिकाले उज्यालो तुलसीपुर अन्तर्गत यस बर्ष एकसय १४ जनाको मोतिबिन्दुको निःशुल्क अपरेशन गरिएको छ । जसमध्ये ५१ पुरुष र अन्य सबै महिला रहेका छन् । साथै तीनवटा एम्बुलेन्स खरिद गरि बिभिन्न स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको उहाँले बताउनुभयो । साथै उपमहानगरपालिका भित्रका ८ वटा स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गर्नुका साथै एउटा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र, ११ वटा नगर स्वास्थ्य केन्द्र र ६ वटा बर्थिङ सेन्टर स्थापना गरिएको उहाँले बताउनुभयो । तुलसीपुरका ८३ बिद्यालयलाई ५ बर्षमा ३० वटा नमूना बनाउने योजना अघि सारेको छ । तुलसीपुरका तीन वटा सामुदायिक बिद्यालयमा बस सेवा सञ्चालनमा आएको छ । साथै राप्ती प्रादेशिक अस्पतालमा ५ वटा डायोलासिस मेसिनहरु व्यवस्था भएको उहाँले बताउनुभयो । साथै पाँच सय घरधुरीलाई खरका छाना बितरण गरिएको प्रमुख पाण्डेको भनाई छ ।
Categorized in राष्ट्रिय