STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुडानको जातीय दङ्गामा ३१ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ३२, शनिबार

एजेन्सी - सुडानमा भएको जातीय दङ्गामा शुक्रबार कम्तिमा ३१ जनाको ज्यान गएको छ ।

देशको ब्लु नाइल प्रदेशको केही स्थानमा  जातीय दङ्गा भएको हो । ती घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने अरु ३९ जना घाइते भएका सुरक्षा समितिले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

झडपका क्रममा १६ पसल क्षतिग्रस्त भएको छ । सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेका छन भने केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरिएको बताइएको छ । घटनास्थलमा कफ्‌र्यु आदेश जारी भएको छ ।

कफ्‌र्यु लगाइएको क्षेत्रमा हिँड्डुल गर्न, भिडभाड गर्न निषेध गरिएको  छ ।

Categorized in अन्तर्राष्ट्रिय