STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सिराहा मालपाेटमा बम विस्फोट, ६ जना घाइते, गोइत समूहको पर्चा भेटियो

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र १, आइतबार

सिराहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट स्थलमा जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ ।

बम विस्फोट भएको स्थलमा गोइत समूहको पर्चा फेला परेको प्रहरीले जनाएको छ । गोइत समूहको पर्चा भेटिएकाले सोही समूहले कुकर बम विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

आइतबार दिउँसो पौने १ बजेतिर भएको विस्फोटमा परी ६ जना घाइते भएका छन् । घाइतेमध्ये सरहाको विष्णुपुर गाउँपालिका–३ घर भई मातपोत कार्यालयमा नायब सुब्बाका रुपमा कार्यरत ३८ वर्षीय शिवकुमार यादव र धनगढीमाई नगरपालिका–४ का सेवाग्राही ३० वर्षीय दिनेशकुमार भण्डारीको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी डा. तपन दाहालले जानकारी दिए ।

विस्फोटपछि भएको आगलागीका कारण कार्यालयका कागजात जलेका छन् । प्रहरीका अनुसार विस्फोट भएको बम कुकर बन हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध-दुर्घटना