सिन्धुपाल्चोक पहिरोमा पुरिएर ८ जना वेपत्ता
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १९, सोमबार
काठमाडाैं – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा गएराति गएकाे पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् ।
गएराति करिब दुई बजेतिर आएको पहिरोमा कभर्ड हल निर्माणमा खटिएका कामदारहरु पुरिएका हुन् ।
पुरिएकामध्ये एक जनाको प्रहरीले जीवितै उद्धार गरेको छ ।
तीन बजेतिर उद्धारमा खटिएको प्रहरी टोलीले तीन घण्टाको प्रयासमा एक जना भारतीय नागरिकलाई जीवितै उद्धार गरेर प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले आठ जना मजदुर पहिरोमा पुरिएको र पुरिएकाहरुको खोजी प्रयास भइरहेको बताए । नेपाली सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।
Categorized in अपराध-दुर्घटना