STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सिन्धुपाल्चोकमा बाढीका कारण हालसम्म ७ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २, बुधबार

अविरल वर्षापछि आएको बाढीका कारण सिन्धुपाल्चोकमा हालसम्म ७ जनाको मृत्यु भएको ५ ।

बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा ७ जनाको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरलेले हालसम्म ७ जनाको मृत्यु भएको विवरण आएको जानकारी दिँदै थुप्रै भौतिक संरचनाहरू बगाएको बताए ।

गत वर्षको बर्खामा सबैभन्दा ठूलो क्षति सिन्धुपाल्चोक जिल्लाले व्यहोर्नु पर्‍यो । उसो त सिन्धुपाल्चोकमा सधैँको बर्खामा ठूलो क्षति पुग्ने गरेको छ ।

यस वर्षको मनसुनको सुरुआतमै सिन्धुपाल्चोकमा ठूलो क्षति पुगेको छ । मंगलबार साँझ मेलम्ची नदीमा आएको बाढीले मानवीय क्षतिसमेत गरेको छ ।

पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटा र तत्कालीन गृहमन्त्री रामबहादु थापा ‘बादल’ हेलिकप्टर चेढेर आफैँ पुगे । उनीहरू बाढी पहिरोमा परि ज्यान गुमाउने पीडित परिवारलाई क्षतिपूर्ति र घरबारविहीन भएकाहरूलाई उचित व्यवस्थापन गर्ने आश्वासन बाँढेर फर्किए ।

Categorized in अपराध-दुर्घटना