STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते, चारको अवस्था गम्भीर

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ३१, आइतबार

सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना भएको छ । बा२ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको हो ।

दुर्घटनामा परी बसमा सवार ३५ यात्रु घाइते भएका छन् । बसका सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको छ ।

बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । काठमाडौं-धुलिखेलमा सञ्चालन हुने बस यात्रु बोकेर काठमाडौँ आइरहेको थियो । रासस

Categorized in अपराध-दुर्घटना