STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सिन्धुपाल्चोकको जुरेमा सुख्खा पहिरो

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र २६, मंगलबार

काठमाडौं - सिन्धुपाल्चोकको जुरेमा सुख्खा पहिरो झरेको छ । जुरेको शीरबाट ठूलो सुख्खा पहिरो झरेको हो । पहिरो झरेपछि जुरे क्षेत्रमा धुलोको ठूलो मुस्लो देखिएको थियो । मध्यान्न १२ बजेतिर डरलाग्ने गरी सुख्खा पहिरो खसेको स्थानीय प्रदीप पौडेलले जानकारी दिए । 

उनका अनुसार अझै पहिरो खस्ने क्रम रोकिएको छैन । पहिरोका कारण अरनिको राजमार्गमा सवारी साधन चल्न सकेका छैनन् । स्थानीय त्रस्त छन् ।

२०७१ मा झरेको पहिरोको माथिल्लो भागबाट एउटा ढिस्को खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण मानवीय तथा भौतिक क्षति भने भएको छैन । ‘अहिलेसम्म कुनै किसिमको क्षति भएको विवरण प्राप्त भएको छैन’,जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले भने ।

२०७१ साउन १७ गतेको राति जुरेमा पहाड नै खसेको थियो । राम्चेको इटिनी भीर खस्दा मांखा, कागुने, ड्यामसाइड र टेकानपुरका १ सय ४५ ले ज्यान गुमाएका थिए । त्यसबेला कयौँ स्थानीय घाइते भएका थिए । उक्त ठूलो पहिरो खसेको स्थानबाट ९ वर्षपछि अर्को सुख्खा पहिरो खसेको हो ।

Categorized in अपराध-दुर्घटना