STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सिटिजन लाइफ इन्स्योरेन्सको शाखा विस्तार

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ९, बुधबार

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलेबुटवलमा क्षेत्रीय कार्यालय र भैरहवामा शाखा कार्यालय विस्तार गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा कम्पनीका ब्रान्ड एम्बेस्डर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ ज्यूबाट संयुक्त रुपमा शाखाहरुको समुद्घाटन भएको हो । उक्त शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

हाल कम्पनीले अधिराज्यभर ३४ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरु मार्फत अत्याधुनिक प्रविधिद्वारा ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले सबै थरीका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीलेनिकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना गा्रहकवर्गलाइ जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

Categorized in बिजनेस