STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साहित्यकार एवं समालोचक अपर्णा प्रधानले व्यक्त गरे युवा विदेश पलायनप्रतिको चासो

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ११, शनिबार

चार दसकको इतिहास बोकेको कुतः पिकाक प्रकाशनले विभिन्न विधामा तयार गरिएका चार वटा पुस्तकलाई  ललितपुरको लुभुमा  पुस्तकलाई एउटै मञ्चबाट एकैचोटी विमोचन गरिएको छ । साहित्यकार एवं समालोचक अपर्णा प्रधानद्वारा रचित नेपालभाषाका दुई लघुकथा संग्रह यान्त्रिकपुर र  ल्वहं द्यः, अनि आत्मवृतान्त कृति "पुनर्जन्म” र समालोचना  संग्रह "प्रतिविम्व” नामक पुस्तकहरू विमोचन गरिएको हो । 

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर हरिगोबिन्द श्रेष्ठले लुभु क्षेत्रमा पुस्तक विमोचन गरी साहित्यमा श्रीवृद्धि गर्ने अवसर दिनुभएकोमा कुतः पिकाक र समालोचक अपर्णा प्रधानप्रति आभार व्यक्त गरे । भाषा, साहित्य, लिपि तथा संगीतले निश्चित ठाउँको समृद्धि हासिल हुने जनाउँदै महालक्ष्मी नगरपालिकाले यस्ता काममा सहकार्य गर्ने आश्वासन समेत दिए । 

लघु कथा संग्रहमा टिप्पणी गर्दै नेपालभाषा एकेडमीका सदस्य सचिव डा. पुष्पराज राजकर्णिकारले साहित्यिक कार्यक्रमको महत्त्व र त्यसले अभिव्यक्त गर्ने दूरगामी प्रभावको विषयमा विचार पोखे ।  डा. राजकर्णिकारले मातृभाषाको अवसर, प्रयोग र कार्यक्षेत्र संकुचन भएकोमा चासो व्यक्त गर्दै यसप्रति पनि ध्यान दिन अनुरोध गरे । 

कार्यक्रममा साहित्यविदहरु  तिलक प्रकाश कायस्थ, कृष्णभक्त बोडे, विष्णु केशरी ताम्राकार, पूर्णकाजी ताम्राकार, ई. रामबहादुर श्रेष्ठ, विमल ताम्राकार लगायतको सहभागिता थियो । समालोचक प्रधानले साहित्यका विभिन्न विधामा कलम चलाउँदै अहिलेसम्म २९ वटा पुस्तक प्रकाशन गरेकी छन् ।

Photo: Bishnu Keshari Tamrakar

Categorized in साहित्य-कला