STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साहित्यकारहरुलाई आवासीय सुविधासहितको भवन शिलान्यास : करिब ४ करोड लागत

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आश्विन २४, आइतबार

काठमाडौँको विकास हेर्न, सुन्न र महसुस गर्न सक्ने ठाउँमा पुगेको छ — प्रमुख शाक्य

असोज २४,  काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वडा ६ को रामहिटीमा साहित्यकारहरुका लागि सुविधा सम्पन्न भवन निर्माण गरिदिने भएको छ । त्यसका लागि आज सदन सदन नेपालको परिसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवन शिलान्यास गर्नुभयो । 

यो भवन साहित्यकारहरुका लागि आवासीय सुविधासहितको हुनेछ । भवन शिलान्यासपछि बोल्दै प्रमुख शाक्यले, काठमाडौँको विकास हेर्न, सुन्न र महसुस गर्न सकिने ठाउँमा पुगेको बताउनुभयो । ‘हामी स्थानीय निर्वाचनको दौरानमा हिँड्दा बेलुका कपडा हेर्नै नहुने गरी मैला भएको हुन्थ्यो । ननुहाई हुँदै हुँदैनथ्यो । अहिले त्यो अवस्था छैन । कोविडको महामारीमा हामीले धेरै समय त्यत्तिकै खर्च गर्नु प¥यो । नत्र काठमाडौँ अर्कै भइसक्ने थियो ।’ शाक्यको भनाइ थियो । 

हामीले पैसा हेरेर विकास योजना बनाएका छैनौँ । योजना तर्जुमा गरेर त्यसअनुसारको पैसा छुट््याएका छौँ । पैसा जति छ त्यतिको योजना बनाउँदा जनताका आवश्यकता पूरा हुँदैनन् । प्रमुख शाक्यले, मूर्त अमूर्त सम्पदाको ममर्त सम्भार र जीर्णोद्धार, शिक्षा र स्वास्थ्यका क्षेत्रमा थप लगानी हुँदै गरेकाले काठमाडौँ बस्न र हेर्न लायक सहर बन्दै गएको बताउनुभयो । 

त्यस क्रममा संघीय संसद सदस्य कृष्ण राईले, योजनाहरु शिलान्यास हुने तर उद्घाटन गर्न नपाइने उदाहरुण सुनाउँदै साहित्य सदनको भवन समयमा निर्माण सम्पन्न हुने अपेक्षा गर्नुभयो । जुन प्रयोजनका लागि भवन निर्माण हुने हो, त्यही प्रयोजनका लागि प्रयोग हुनुपर्ने बताउँदै उहाँले, कुनै पनि कारणले काम रोकिनु नहुने बताउनुभयो । 

त्यस क्रममा वडा ६ का अध्यक्ष दीपेन्द्र लामाले, आफ्नो वडामा दमकल भवन स्थापना भइसकेको, साहित्य सदन शिलान्यास भएको, ठूला पार्क केही निर्माण सम्पन्नताको चरणमा पुगेको र केही निर्माणाधीन अवस्थामा रहेको उल्लेख गर्दै, स्थानीयका माग सम्वोधन गर्न वडाबाट प्रशस्त बजेट विनियोजन भएको बताउनुभयो । ठूलो वडा भएकोले लगानी गर्ने ठाउँ पनि प्रशस्तै छन्, लामाको भनाइ थियो । 

त्यस क्रममा वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोललले, साहित्य सदनको निर्माणपछि साहित्य र सिर्जनाका क्षेत्रमा ठूलो आयाम थपिने उल्लेख गर्नुभयो । त्यस्तै सदनका उपाध्यक्ष प्रा. डा. हेमनाथ पौडेलले महानगरले साहित्यकारहरुको सम्मानमा लगानी बढाएपछि आफूहरुले परिवर्तनका लागि गरेको योगदान सरकारले स्मरण गरेको आफूहरुले अनुभूति गरेको उल्लेख गर्नुभयो । 

महानगरका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार भूमिगतसहित भवन ५ तलाको हुनेछ । साहित्य सदन रहेको भवन परिसरको कि. नं. ११५ को २ रोपनी ११ आनामध्येको पश्चिमतर्फ भवन निर्माण हुनेछ । भवनको भूमिगत तला पार्किङ्का लागि प्रयोग गरिनेछ । जमिन र पहिलो तला कार्यालय प्रयोजनका लागि प्रयाग गरिनेछ । दोस्रो र तेस्रो तलामा अतिथि आवास गृहका रुपमा सञ्चालन हुनेछ । त्यस्तै ८० जनासम्म अट्ने क्षमताको बैठक कक्ष पनि हुनेछ । 

इञ्जिनियर श्रेष्ठकाअनुसार भवनको भूमिगत, जमिन र पहिलो तला २ हजार ४० दशमलव ५३ बर्गफुटका हुनेछन् । दोस्रो तला २ हजार १२४ दशमलव ५६ बर्गफुट र तेस्रो तला १ हजार ६८७ दशमलव ४९ वर्गफुटको हुनेछ । भवन जम्मा ९ हजार ९७६ दशमलव ९१ वर्गफुटको हुनेछ । 

भ्वनमा ६ जना अट्ने लिफ्ट जडान हुनेछ । भवन अपाङ्गतामैत्री र जेष्ठनागरिक मैत्री हुनेछ । 

आउँदा बर्षको भदौ मसान्तभित्र (१२ महिनामा) निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण थालिएको भवनको सम्झौता रकम भ्याटसहित ४ करोड ३ लाख ५८ हजार ९९४ रुपैयाँ रहेको छ । यसको निर्माण सुनकोशी प्रजिल जे. भी. ले गर्दैछ । 

 

 

Categorized in साहित्य-कला