STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साहित्यकारको भीमरथारोहणको अवसरमा एक कृतिको लोकार्पण

Janjati Khabar – विजयरत्न असंबरे | २०८० पौष १८, बुधबार

नेपालभाषाका पत्रकार र साहित्यकारका रुपमा एक समय चर्चित नामका रुपमा रहेका हरिओम पति राज राजोपाध्याय (आर.के. निर्मल) र उनको धर्मपत्नी बिन्दीरा राजोपाध्यायको पहिलो जंक्व (भीमरथारोहण) को अवसरमा आयोजित रात्रिभोज को  बीच औपचारिक कार्यक्रम जस्तै राजोपाध्यायका कनिष्ठ पुत्र बिराजकाजी राजोपाध्यायको उदघोषण गरी शुरु भएको एक समारोहको बीच आर के निर्मलद्वारा अनुदित " अजुचायापुगु जादुया भुखाचा ” नामक उपन्यास लोकार्पण गरिएको छ  । 

कार्यक्रमको उद्घोषण थालेका बिराजकाजीले भने, ‘मेरा पिता हरिओम पति राज राजोपाध्याय अथवा आर. के. निर्मल एक लेखक पनि हुनुहुन्छ, सबैलाई थाहा नै होला । आज यो विशेष अवसरमा हामी उहाँलाई एउटा सरप्राइज गिफ्ट दिन चाहन्छौं ।’

बिराजले लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठ, आख्यानकार एवं नेपालभाषा एकेडेमीका उपकुलपति मल्ल के. सुन्दरको साथमा आफ्ना परिवारलाई मंचमा बोलाएर सबैको हातबाट सो कृति लोकार्पण गरियो ।

उपन्यास विमोचन भएसँगै उद्घोषण गरिरहेका आर.के. निर्मलका पुत्र बिराजले यो पुस्तक अनुवादकलाई नै थाहा नदिइ सरप्राइज गिफ्टको रुपमा प्रकाशन गरिएको जानकारी दिए ।

पुस्तक विमोचन पछि बोल्दै आख्यानकार  मल्ल के. सुन्दरले आफ्नो जंक्वको अवसरमा एक लेखकलाई आफ्नै कृति प्रकाशन हुनुभन्दा ठुलो उपहार अरु हुन नसक्ने बताए ।

लहना मिडियाका व्यवस्थापक सुरेन्द्र भक्तले करीब पाँच वर्ष अघि नै यो पुस्तक प्रकाशनको तयारी गरेको भएपनि लकडाउन लगायत विविध कारणले प्रकाशन गर्न नपाएको तर, लेखककै जंक्वको अवसरमा प्रकाशन गर्न पाउँदा निकै हर्षित भएको बताए ।

लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल लेखक आर.के. निर्मलकै जंक्वको अवसरमा उनकै कृति उनैद्वारा लोकार्पण गराउन पाउँदा गौरवको अनुभव भएको बताए ।

चाङ थ्येन ईबाट लिखित चाइनिज उपन्यास श्यामा बल्लभले हिन्दीमा अनुवाद गरी ‘जादुकी तुम्बी’ नामबाट  प्रकाशन गरेका थिए भने सोही हिन्दीबाट साहित्यकार आर.के निर्मलले नेपालभाषामा अनुवाद गरी नेपालभाषाको दैनिक पत्रिका विश्वभुमिको ‘शुक्रबाःया तँसापौ’ मा धारावाहिक रुपमा प्रकाशन गरेका थिए ।

विगतको समयलाई सम्झिँदै अनुवादक निर्मलले , ‘त्यो बेला कथा पुरा हुन नपाउँदै पत्रिकाको प्रकाशनै बन्द भयो र कथा अधुरो नै रहन गयो । तर अब पुस्तकको रुपमा कथाले पूर्णता पाएको छ । यो सरप्राइज गिफ्ट देखेर म निकै नै खुसी छु ।’ भनि आफ्नो मनोभावना प्रकट गरे ।

यो पुस्तकको प्रकाशन लहना मिडियाले गरेको हो । पुस्तकको मूल्य पाँच सय रुपैयाँ राखिएको छ ।

Categorized in साहित्य-कला