STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सार्वजनिक शौचालय नहुँदा सास्ती

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १५, शुक्रबार

मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण सास्ती खेप्न बाध्य छन् । खुला दिसामुक्त जिल्ला घोषणा गरिएको रुकुम ९पूर्व० को कुनै क्षेत्रमा सार्वजनिक शौचालय छैनन् । स्थानीय सरकारले आवश्यक स्थानमा सार्वजनिक शौचालय नबनाउँदा बटुवा, लामो तथा छोटो दूरीका सवारी यात्रु पीडित भएका छन् । उनीहरुले सवारी साधनकै छेल पारेर खुलारुपमै दिसापिसाब गर्दै आएका छन् । कतिपय त दिसापिसाब गर्नकै लागि हाटेलमा छिरेर नास्ता खानुपर्ने बाध्यतामा पर्छन् । “सार्वजनिक शौचालय नभेटेपछि होटेल छिर्नुबाहेक अरु कुनै विकल्प छैन”, यात्राका क्रममा रुकुमकोटमा भेटिनुभएका बागलुङका रोशन थापाले भन्नुभयो, “कतिपय सर्वसाधारण त विभिन्न पसल र बाटोको छेउछाउतिर झाडीमा पुग्नुपर्ने बाध्यता छ ।” हेर्दा सुन्दर लाग्ने रुकुम ९पूर्व० मा सार्वजनिक शौचालय नहुँदा जताततै दुर्गन्ध फैलिँदै गएको उहाँको भनाइ छ । जिल्लाका मुख्य बजार क्षेत्र चोकबजार, छिप्रीदह, कमलदह, खाबाङ, काँक्री, तकसेरालगायतका विभिन्न स्थानमा सार्वजनिक शौचालयको आवश्यकता रहेको छ । तर हालसम्म जिल्लाको कुनै पनि ठाउँमा सार्वजनिक शौचालय निर्माण नभइसकेको भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । “सार्वजनिक शौचालय निर्माण गर्न अति आवश्यक छ”, अध्यक्ष बुढाले भन्नुभयो, “सबै यात्रुको समस्यालाई मध्यनजर गर्दै उपयुक्त जग्गा छनोट गरी सार्वजनिक शौचालय निर्माणको काम थालनी गर्ने तयारीमा गाउँपालिका छ ।” गाउँठाउँलाई सफा, सुन्दर तथा स्वच्छ बनाइराख्न र दुर्गन्धबाट बचाइराख्न सार्वजनिक शौचालयको अति आवश्यकता रहेको उहाँको भनाइ छ । सार्वजनिक शौचालय बनाउन मुख्य सडक तथा चोकमा जग्गा नपाएकाले बनाउन नसकिएको सिस्ने गाउँपालिका उपाध्यक्ष गोबरधन बुढाले जानकारी दिनुभयो । “हामी जग्गा खोजिरहेका छौँ”, उपाध्यक्ष बुढाले भन्नुभयो, “जग्गाको कुरा मिल्नेबित्तिकै सार्वजनिक शौचालय निर्माणको काम अगाडि बढाउँछौँ ।” सार्वजनिक जग्गाको पहिचान गरी शौचालय निर्माणको कामलाई छिट्टै अघि बढाइने सिस्ने गाउँपालिकाका प्रवक्ता जीवन केसीले बताउनुभयो ।
Categorized in राष्ट्रिय