STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सारिका घिमिरेको स्वरमा ‘ह्याप्पी होली’

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र ९, सोमबार

रंगको पर्व होली नजिकिदै जाँदा यस सम्बन्धि गीतहरू सार्वजनिक हुने क्रमले तिब्रता लिन थालेको छ । यही क्रममा अमेरिकामा रहेकि गीतकार कमला न्यौपाने को   होलि रङ्ग होलि र प्रसिद्ध अभिनेत्री दीपाश्री निरौलाको  धनिया के होलि सार्वजनिक भईसकेका छन् भने  यही मेसोमा योगेश काजी, सुवास श्रेष्ठ र सुन्दर नायिका  गायिका भनेर चिनिनु हुने सारिका घिमिरेको स्वरमा रहेको होली गीत ‘ह्याप्पी होली’  पनि  सार्वजनिक भएको छ ।  

गायिका सारिका स्वयंले नै लेखेको शब्दमा योगेशको सङगीत तथा सम्योज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शिव विकको कोरियोग्राफी र निर्देशन रहेको गीतको भिडियोमा गायकद्वय काजी र श्रेष्ठको साथमा दुर्गेश थापा र लोसिना लामिछानेले अभिनय गरेका छन् । भिडियो छायांकन अजय रेग्मीको रहेको छ भने सम्पादन मिलन विश्वकर्मा र पदम सुवेदीको छ ।

काजी र निर्देशक विकको टिमअप पछिल्लो समय बढ्दो छ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहोला

 

Categorized in साहित्य-कला