STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सामुदायिक वनमा आगलागीे

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १०, आइतबार

केही दिनयता उदयपुरका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ । उदयपुर हँडिया सामुदायिक वन र शिवशक्ति सामुदायिक वनको साउने खाँबु क्षेत्रमा विगत चार दिनदेखि जारी रहेको आगलागी नियन्त्रणका लागि दमकल प्रयोग गरिएको र अहिले आगलागी नियन्त्रणमा आएको डिभिजन वन कार्यालय गाईघाट उदयपुरले जनाएको छ । यसैगरी उदयपुरका करिब एक सयभन्दा बढी सामुदायिक वनमा आगलागी भइरहेको र यसको नियन्त्रण गर्ने कार्य कर्मचारी र स्थानीयवासीले मात्र सम्भव नदेखिएपछि कटारी, त्रियुगा र चौदण्डी नगरपालिकाका तीनवटा दमकललाई प्रयोगमा ल्याएको डिभिजन वन कार्यालयले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना