STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सापकोटा र राईलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’

Janjati Khabar – विजयरत्न असंबरे | २०८० फाल्गुण २, बुधबार

नइ प्रकाशनले २०७९ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ नेपाली वाङ्‍‍मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने अमर प्राज्ञ भारत आसामका नव सापकोटालाई समर्पण गर्ने निर्णय गरेको छ ।

ताम्रपत्रका साथ यस पुरस्कारको राशि दुई लाख रूपियाँ रहेको छ । 

यसैगरी नइ प्रकाशनले सिर्जनाद्वारा नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनुहुने भारत दार्जिलिङका श्रीमती स्नेहलता राईलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

ताम्रपत्रका साथ यस पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ । 

यी दुवै पुरस्कार नेपाली भाषासाहित्य मार्फत अन्तरार्ष्ट्रिय क्षेत्रमा ख्याति कमाएकामध्ये विशिष्ठ नेपालीगोर्खाली मूलका विदेशी व्यक्तित्वलाई हरेक वर्ष समर्पण गरिदैँ आएको छ ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको कुरा नइ प्रकाशनका  सदस्य सचिव नरेन्द्रराज प्रसाईले बताएका छन् ।

Categorized in साहित्य-कला