STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साउनमा ३ प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ३१, बिहिबार

सरकारले पुनर्स्थापित प्रतिनिधिसभाको बैठक ३ साउनका लागि बोलाउन सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ३ साउनका लागि प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् बैठक ३ साउन अपराह्न ४ बजे बोलाउन सिफारिस गरिएको जानकारी दिए ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गर्दै ३ साउन ५ बजेभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

Categorized in राजनीति