साउनभित्र पार्टी एकता टुङ्गिन्छ
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १७, शुक्रबार
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता माधवकुमार नेपालले साउन महीनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँगको कुराकानीमा उहाँले पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गाउने गरी काम भइरहेको बताउनुभएको हो ।
एकताको प्रक्रिया ढिलो हुँदा सबैमा चिन्ता बढेकाले यसलाई जतिसक्दो छिटो टुङ्गाउन आवश्यक परेकामा जोड दिँदै नेता नेपालले भन्नुभयो, “पार्टीभित्र विवाद र बहस हुन्छन्, ती सबैलाई व्यवस्थापन गरेर पार्टी एकता टुङ्गाउनु पर्छ ।” सरकारका काम कारवाहीका विषयमा पार्टीभित्रको अनुगमन प्रणालीलाई दरो बनाएर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “ढिलासुस्ती गर्ने, काम नगर्ने, बदमासी गर्ने र भ्रष्टाचार गर्नेलाई कारवाही गर्दै अघि बढ्नुपर्छ । दण्डहीनतालाई प्रश्चय दिने हो भने यथास्थितिमा सुधार गर्न सकिँदैन ।”
Categorized in राजनीति