STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सांस्कृतिक शान्ति पदयात्राले ‘नमोबुद्धमा थपियो उत्साह’

Janjati Khabar | २०८० आश्विन १७, बुधबार

 धार्मिक तथा ऐतिहासिक महत्व बोकेको नमोबुद्धमा सांस्कृतिक शान्ति पदयात्राले थप उत्साह बढाएको छ । नमोबुद्धको महत्व र यसको विशेषतालाई पदयात्राले प्रवद्र्धन गरेको छ ।

    पूर्वाधार विकास निर्माण र प्रचारप्रसारका साथै आफ्नो ठाउँको ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण विकासमा नमोबुद्ध नगरपालिकाले विशेष जोड दिँदै आएको छ । नगरपालिकाले नमोबुद्धको पहिचान, ऐतिहासिक एवं धार्मिक महत्वका बारेमा प्रचार, संरक्षण, संवद्र्धन र विकासमा निरन्तरता दिँदै आएकामा सांस्कृतिक शान्ति पदयात्राले थप उत्साह बनाएको नगरपालिकाले जनाएको छ । पछिल्लो समयमा नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहलका साथ आवश्यक प्रक्रिया अगाडि बढाइरहेको बेलामा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र काभ्रे सेवा समाजको संयुक्त आयोजनामा गत हप्ता काठमाडौँको स्वयम्भूमा शान्ति दीप प्रज्वलन गरी पनौती हुँदै नमोबुद्धसम्मको सांस्कृतिक शान्ति पदयात्राको आयोजना गरिएको थियो ।  पदयात्राले नगरपालिकालाई थप उत्साहित बनाएको नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामाले बताउनुभयो ।

    यसक्रममा सांस्कृतिक एवं ऐतिहासिक सहर पनौतीको लायकु दरबार क्षेत्रबाट सुरु भएको शान्ति पदयात्राले त्रिवेणीघाट, सुन्थान, शङ्खु हुँदै नमोबुद्ध स्तुपा र गुम्बा परिसरसम्म सयौँको सङ्ख्यामा भ्रमण  । यसमा नगरपालिकाले वडा नं ११ को शङ्खुफेदीस्थित नमोबुद्ध प्रवेशद्वारबाट नै नगरपालिकाको टोलीद्वार विद्यालयका विद्यार्थीहरुको पूर्ण सहभागितामा पदयात्रीहरुलाई स्वागत गरेर न्यानो आतिथ्यताको आभाष दिलाएको थियो । पनौती हुँदै नमोबुद्ध पुग्ने मार्गको छेउछेउमा उभिएर गरेको स्वागतले यात्रामा उत्साहित बनाएको पदयात्रामा सहभागीहरुको भनाइ थियो । यसको एउटै मात्रै कारण थियो नमोबुद्धलाई धार्मिक पर्यटनको प्रवद्र्धनमा जोड दिने ।

    काठमाडौँ कोटेश्वरका रवीन्द्र कर्मार्चायले काभ्रेपलाञ्चोकको नमोबुद्ध र पनौतीको ऐतिहासिक क्षेत्रको महत्वलाई थप उजागर गर्दै पर्यटन प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । “कतिपय मान्छेलाई थाहा नै छैन कि, नमोबुद्ध कसरी उत्पत्ति भयो र यसको महत्व के हो भनेर”, उहाँले भन्नुभयो, “त्यसबारे स्थानीय सरकारले सही सन्देश दिनेखालको काम गर्नुपर्दछ ।”

    ठाङ्गु टासि याङ्चे गुम्बाका उपाध्यक्ष आचार्य लामा कर्माफुर्वु शेर्पा र नमोबुद्ध भगवान घ्याँ गुठीका लामा गुरु सानुकान्छा लामा लगायतले नमोबुद्ध परिसरको ऐतिहासिकता र महत्वलाई पदयात्रामा सहभागीहरुले शान्तिको सन्देशमा प्रचार गर्न बल पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसीले ओझेलमा परेको नमोबुद्ध यसको महत्व र गरिमालाई उजागर गर्नका लागि स्वयम्भूमा दीप प्रज्वलन गरी त्यहाँसम्मको पदयात्रा सम्पन्न गरेको बताउनुभयो । विशाल पदयात्राले विश्वमा नमोबुद्धको प्रचार र यसको महत्वका बारेमा थप व्यापकता पाउने विश्वास उहाँको भनाइ छ ।

    पनौती, बनेपा र नमोबुद्ध जहाँ आएपछि पनौतीमा पाइला टेक्नैपर्छ भन्ने जनविश्वास रहेको र नमोबुद्धसँग पनौतीको सम्बन्ध जोडिएको ऐतिहासिक तथ्य रहेको कारण पनि पनौती नमोबुद्ध पदयात्राको आयोजनाले नयाँ सन्देश दिने पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले बताउनुभयो ।

    जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले सबै क्षेत्रले पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको काभ्रेलाई केही गराँै भन्ने उद्देश्यले आयोजना गरेको शान्ति पदयात्राले पर्यटन प्रवद्र्धनमा बल पुग्ने बताउनुभयो । पदयात्राको आयोजनाले नमोबुद्धलाई थप प्रचार गर्नमा टेवा पुग्न विश्वास गरिएको छ ।

    नमोबुद्ध नगरपालिका प्रमुख लामाले नमोबुद्धको समग्र विकास र प्रवद्र्धनका लागि सबैको साझा अभियान आवश्यक रहेको बताउनुभयो । विश्व सम्पदा सूचीमा सूचीकरणको प्रक्रिया नगरपालिकाले अघि बढाइसकेको उल्लेख गर्दै उहाँले विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० समेत निर्माण गरिसकेको बताउनुभयो । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने प्रस्ताव गरिसकेको नगरपालिकाले जनाएको छ ।

Categorized in उपत्यका