STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साँस्कृतिक संस्थानका भुतपूर्व महाप्रबन्धकको एक साथ तीन गीतको भिडियो रिलिज

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण १३, शनिबार

साँस्कृतिक संस्थानका भुतपूर्व महाप्रबन्धक राजेश थापाको निर्देशनमा बनेका तीन वटा म्युजिक भिडियो शुक्रबार रिलिज गरिएको छ ।  यस अघि चलचित्र हिजो आजका कुरा सहित केही बृत्तचित्र निर्माण गरेका निर्माता एवम् गीतकार बैकुन्ठ प्रसाद उपाध्याय रचित तीन वटा गीतको भिडियो काठमाडौंमा एकसाथ प्रिमियर गरेका छन् । 

नेपाल कि प्रथम महिला निजामति कर्मचारी शान्ता अर्याल प्रमूख अतिथी रहेको  यी गीतहरुको बरिष्ट गीतकार राजेन्द्र थापा, चलचित्र निर्माता / निर्देशक तथा विख्यात हाँस्यकलाकार सन्तोष पन्त र चलचित्र तथा साहित्य अन्वेषक प्रकाश सायमीले संयुक्त विमोचन गरेका हुन् । 

कार्यक्रममा यी गीतहरु हेर्ने भन्दा पनि सुन्नेगीत बनेको एक अतिथी राजेन्द्र थापाले बताए । राजेशले गीतको शब्द र भावलाई न्याय गर्दै निकै आकर्षक भिडियो बनाएको प्रतिक्रिया पनि थापाले दिए ।  यस्तै प्रकाश सायमीले नेपाली संगीतमा ढिलै भए पनि आफ्ना गीतबाट बैकुण्ठ प्रसाद उपाध्यायको उपस्थिति प्रसंसनीय रहेको बताए ।

रिलिज गरिएका गीतहरुमा अभिनेता यसराज गराज, अभिनेत्री केकी अधिकारी, मिस पबी (पवित्रा खड्का), सन्दीप बाबु लोहनी, सत्या गिरी आदि कलाकारहरुको अभिनय रहेको छ । यी ३ वटै म्युजिक भिडीयोको निर्माण गीतकार बैकुण्ठ प्रसाद उपाध्यायले गरेका हुन । 

 रिलिज गरिएका तीन वटै भिडियोको निर्देशन राजेश थापाले गरेका हुन् । अस्कर कलेज (कलेज अफ फिल्म स्टडिज) वाट चलचित्र निर्देशनमा ग्राजुएशन गरेका राजेश थापाले यस अघि झण्डै ५ दर्जन म्युजिक भिडियो तथा केही बृत्तचित्रहरु निर्माण गरिसकेका छन् । 

बैकुण्ठ प्रसाद उपाध्यययले रचना गरेको, नारायण लामाको संगीत रहेको  स्वरुपराज आचार्य र अन्जु पन्तले अगल अलग भर्सनमा गाएको छाति किन पोल्छ..., गीतका साथै  प्रताप दासले गाएको कुमार थापाको संगीत र बैकुण्ठकै रचनाको मैले दिएको चोखो माया...सहित तीन वटा भिडियो रिलिज गरिएको हो । ३ वटै गीतहरुको  म्युजिक एरेन्ज कुमार थापा, रेकर्ड चन्दु गोर्खाली र मिक्सिङ तथा मास्टरीङ मीन बिष्टले गरेका हुन् ।

स्वरुपराजको छाती किन पोल्छ... भिडियोमा यसराज गराज र केकी अधिकारीले अभिनय गरेका छन् भने अन्जु पन्तको स्वरमा मिस पबी (पवित्रा साकी) र सन्दिप बाबु लोहनीले अभिनय गरेका छन् । 

यस्तै मैले दिएको चोखो माया...मा यसराज गराज र सत्या गिरीसँगै सन्तोष पन्त, निर्माता बैकुण्ठ उपाध्याय स्वयं लगायत सफल सार्थक टुहुरे खड्गी, राजन अधिकारी, अनिसा थापाको पनि अभिनय रहेको छ । 

टोखा नगरपालिकाका विभिन्न रमणीय पर्यटकीय र धार्मिक स्थलहरुमा छायाँङ्कन गरिएको यस म्युजिक भिडियोको छायाँङ्कन नरेश अयर र सम्पादन तारा थापा किम्भेको रहेको छ । स्वरुपराज आचार्यको आवाज तथा यसराज र केकी अभिनित म्युजिक भिडीयो छाती किन पोल्छ... हाईलाईट्स नेपालको यु ट्यूब च्यानलवाट सार्वजनिक गरिएको छ । अरु दुई भिडियो चाँडै युट्युव च्यानलमा  आउने कुरा गीतकार उपाध्यायले बताए ।

गीतकार उपाध्यायले यस अघि सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्ने कान्छा आरोही तेम्बाछिरी शेर्पाको जीवनीमा आधारीत बृत्तचित्र “द योङ्गेस्ट हिरो अफ द हिमालय (२०५८)” र कथानक चलचित्र “हिजो आजका कुरा (२०७८)” मा सह–निर्माताको रुपमा काम गरिसकेका छन् । विगत लामो समयदेखि सांस्कृतिक अभियन्ताका रुपमा काम गरिरहेका उपाध्यायको यो तेश्रो प्रस्तुती हो ।

Categorized in साहित्य-कला