STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सवारी दुर्घटनामा वडाध्यक्षको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ६, आइतबार

चितवन, ६ पूर्वी चितवनको रत्ननगरस्थित शान्तिचोकमा आज साँझ सवारी दुर्घटना हुँदा खैरेनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष ४० वर्षीय विश्वविजय बस्नेतको मृत्यु भएको छ ।

दुर्घटनामा परी सोही नगरपालिका वडा नं ४ का वडाध्यक्ष ४५ वर्षीय नरेन्द्र अधिकारी र सोही नगरपालिका वडा नं १२ निवासी नगरपालिकाका गाडी चालक २८ वर्षीय राजकुमार अधिकारी गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जनकारीअनुसार पूर्वबाट रत्ननगरतर्फ आउँदै गरेको ना ३ च ९८४० नं को तरकारी बोकेको पिकअप भ्यानले टाँडीबजारबाट पूर्वतर्फ जाँदै गरेको खैरेनी नगरपालिकाको बा २ झ १३४४ नंको सरकारी गाडीलाई ठक्कर दिएको हो । घटनामा गम्भीर घाइते भएका बस्नेतको चितवन मेडिकल कलेजमा उपचारका क्रममा साँझ ८ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेद्वयको सोही मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुई गाडी एकापसमा ठोक्किएपछि सोही सडकमा गुडिरहेको बा ४ ख १७४८ नंको टिपर आफैँ अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । घटनास्थलमा ठोक्किएर खैरेनी नगरपालिका–१ का ४५ वर्षीय साइकलयात्री रामबहादुर दराई घाइते हुनुभएको छ । उहाँको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध-दुर्घटना