STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सलमान खानको नेपाल टूर स्थगित

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १०, मंगलबार

काठमाडौं - बलिउडका सुपरस्टार सलमान खानको ‘द ब्याङ रिलोडेड टुर’ अन्तिम समयमा स्थगित भएको छ । स्थानीय निर्वाचनका कारण टिकट विक्रीमा प्रभाव परेको तथा वर्षातको समय सुरु भइसकेकाले सलमान खानको कन्सर्ट स्थगित गरिएको हो ।

आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले कलाकारको पारिश्रमिक, लाइट, साउन्ड र स्टेज व्यवस्थापनमा करिब ८ करोड रुपैयाँ खर्च भइसकेको उल्लेख गर्दै अनुकूल समयमा कार्यक्रम गर्नेगरी अर्को मिति चाँडै घोषणा गरिने जनाएको छ ।

यही जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘द ब्याङ रिलोडेड टुर’का लागि सलमान खानले मात्रै चार करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने तय भएको थियो ।

उक्त सांगीतिक कार्यक्रममा सलमान खानका साथै सोनाक्षी सिन्हा, ज्याकलीन फर्नाण्डेज, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा, आयुष शर्मालगायत भारतीय कलाकारले आ–आफ्नो प्रस्तुति दिने बताइएको थियो ।

Categorized in साहित्य-कला