relans
ni new 83
nib 2082 5

सरिता गिरीलाई सांसद जस्तो गरिमामय पदमा बस्ने नैतिक आधार छैन : कमल थापा

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २७, मंगलबार

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समाजवादी दलकी सांसद सरिता गिरीले सांसद पद छाडुनुपर्ने बताएका छन्। लिम्पियाधुराबारे विवादास्पद अभिव्यक्ति दिएकी सांसद गिरीलाई सांसद जस्तो गरिमामय पदमा बस्ने नैतिक आधार नरहने थापाले बताएका छन्। राप्रपा अध्यक्ष थापाले ट्विटरमा लेखेका छन्, ‘लिम्पियाधुरा नेपालको भूभाग होईन भन्ने, स्वीकार गर्दिन भन्ने व्यक्तिलाई गरिमामय संसदमा रहने नैतिक आधार छैन। निजले आफ्नो भनाई फिर्ता लिनुपर्छ वा पद छाड्नु पर्छ।’
 सरिता गिरीले एक टेलिभिजनमा अन्तार्वार्ता दिँदै लिम्पियाधुरालाई नेपालको हो भन्ने कुरा आफूले स्वीकार नगर्ने बताएकी थिइन्। उनले केही दिन अघि पनि संसदमा बोल्दै नेपालले भारत र चीनसँग सल्लाह नगरी नयाँ नक्सा सार्वजनिक गर्न नमिल्ने बताएकी थिइन्।
सामाजिक सञ्जालमा सांसद गिरीले बोलेको उक्त अभिव्यक्ति निकै भाईरल भैरहेको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले लिम्पियाधुरा नेपालको भूभाग होईन भन्नेरस्विकार गर्दिन भन्ने व्यक्तिलाई गरिमामय संसदमा रहने नैतिक आधार नभएको टिप्पणी गरेका छन् । त्यस्तै, थापाले सांसद गिरीले कि त आफ्नो भनाई फिर्ता लिनुपर्छ वा पद छाड्नु पर्छ भन्नेपनि आफ्नो धारणा राखेका छन् ।
Categorized in राजनीति
ppp 2