STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ४ बुँदे सहमति

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २९, मंगलबार

काठमाडौं- सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ। गृह मन्त्रालयमा सोमबार भएको वार्ताबाट सहमति जुटेको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बताए।

‘मैले पहिले पनि संसद्‍मा कुरा उठाएको थिएँ, उहाँहरूको एक/एक मिनेट धेरै हो भनेको थिएँ,’ उनले भने, ‘पीडितलाई न्याय दिनका लागि मेरो तर्फबाट आवश्यक निर्देशन दिएको थिएँ, वार्ता टोलीका संयोजक ज्यू र सदस्यहरू पनि प्रतिबद्ध हुनुहुन्थ्यो।’ 

लामो समय यात्रा गरेर काठमाडौंसम्म आउनुपर्ने अवस्था समेत सिर्जना हुनु नहुने उनले भनेका छन्। यद्यपि, सहमति भएको भन्दै उनले भने, ‘मिटरब्याजबाट पीडितहरूले पूर्ण न्याय पाएका दिनलाई उत्सवका रुपमा मनाउने छौं, यो संघर्ष लामो छ। हामीले यो सुरुवात गरेका छौं।’

वर्षौँदेखि जकडिएको समस्या समाधानका लागि सरकारले दरिलो कदम चालेको उनले बताए। लामिछानेले सम्झौतामा भएका बुँदाहरूसँग सरकार प्रतिबद्ध रहने बताएका छन्। योसँगै मिटरब्याज पीडितले ४२ दिनदेखि गरिरहेको आन्दोलन स्थगित हुने भएको छ। 

Categorized in राजनीति