STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सम्पदा अभियन्ताहरु सबैलाई रिहा गरियो

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २५, बिहिबार

काठमाडौं – बुंगःद्यः रथयात्राको क्रममा भएको झडपमा समातिएका सबैलाई राज्यले रिहा गरेको छ । सम्पदा अभियन्ताहरु यादवलाल कायस्थ, असोज महर्जनलगायत सबैलाई अहिले साँझ ७ बजे रिहा गरिएको हो । यसअघि समातिएकाहरुमध्ये ९ जनालाई छोडिसकेको थियो । हिरासतमा रहेकाहरुको रिहाइको लागि ज्यापु समाज, ललितपुरका अध्यक्ष चन्द्र महर्जन, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, नेवार अगुवा मल्ल के. सुन्दर, बागमती प्रदेशका सांसद राजकाजी महर्जनलगायत विभिन्न संघसंस्थाहरुल लामो समयअघिदेखि प्रयास गरिरहेका थिए । योबाहेक पाटन, काठमाडौं, हरिसिद्धि, खोकना, बुंगमति, लुँभु, साँगालगायत पनौतीसम्मका स्थानीयहरुले उनीहरुको रिहाइको लागि दबाबमुलक प्रदर्शनहरु गरेका थिए । सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमिले जनजातिखबरका संवाददातासँग कुराकानी गर्दै सम्पदा अभियन्ताहरुको रिहाइको लागि सहयोग गरिदिनुहुने सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।

तस्बिर साैजन्य : वीरेन्द्र शाक्य/विजयरत्न असंबरे

Categorized in उपत्यका