relans
ni new 83
nib 2082 5

समीर बलामि को नेतृत्वमा चलचित्र पत्रकार संघ

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण १८, बिहिबार

चलचित्र पत्रकार संघ नेपालको बुधबार सम्पन्न नवौं महाधिवेशनले समीर बलामि को  नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ  । बुधबार अबेर राति सम्पन्न भएको मतगणनापछि १७ सदस्यीय कार्यसमितिका नयाँ नेतृत्वको टुंगो लागेको हो ।

 

निर्वाचनबाट संघको अध्यक्षमा अाफ्ना प्रतिद्वन्द्वी राजन घिमिरेलाई पराजित गरी  समीर बलामी निर्वाचित भएका छन् । त्यस्तैगरी आफ्ना दुई प्रतिद्वन्द्वी जीवन पराजुली र कुमार आचार्यलाई पराजित गरी कुबेर गिरी उपाध्यक्ष (कार्यक्रम) तथा विशाल चाम्लिंग लाई पराजित गरी विजय सुवेदी आवाज उपाध्यक्ष (संगठन) मा निर्वाचित भएका छन् । उपाध्यक्ष महिलामा शारदा थापा लाई पराजित गरी सुरक्षा भट्टराई निर्वाचित भएका छन् भने महासचिवमा प्रदिप कार्की लाई पराजित गरी रघुनाथ सापकोटा निर्वाचित भएका छन् ।

यसैगरी सचिव खुलामा गोपिकृष्ण चापागाईलाई पराजित गरी नवीन गिरी, सचिव समावेशी मा दिपक गुरुङलाई उद्धव रसाइली, कोषाध्यक्षमा मनोज न्यौपाने लाई मनिष कार्की ले पराजित गरी निर्वाचित भएका छन् भने सह–कोषाध्यक्षमा  मनिष अन्जान दाहाल (निर्विरोध) विजयी भएका छन् ।

सदस्यहरुहरुमा भने मोहम्मद जालिम (समावेशी) निर्विरोध  तथा सुष्मा श्री कार्की (महिला), सुरेन्द्र थापा, सिपी जैसी, अनुप भट्टराई, कृष्ण पाण्डे, निशा बजगाईँ तथा अर्जुन गुरागाईँ निर्वाचित भएका छन् ।

Categorized in सिनेमा
ppp 2