STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

समाजसेवी मानन्धरलाई यस वर्षको हेमराज पुरस्कार दिइने

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ कार्तिक २७, बिहिबार

काठमाडौं – लोक साहित्य परिषदले दिँदै आएको हेमराज सिरपा (पुरस्कार) यस वर्ष भाषासेवी एवं समाजसेवी लक्ष्मीदास मानन्धरलाई दिइने भएको छ ।

लोक साहित्य परिषदका अध्यक्ष प्रेमशान्ति तुलाधरले दिनुभएको जानकारीअनुरुप कोरोना महामारी र मानन्धरको स्वास्थ्यको कारण यस वर्षको पुरस्कार मानन्धरकै निवासमा पुगी प्रदान गरिने छ ।

नेसं ११४१ कछलाथ्व षष्ठि (मंसिर ६) गते सो पुरस्कार दिने मिति तोकिएको छ ।

समाजसेवी मानन्धरले आफ्नो जीवन नै नेपालभाषाको आन्दोलनमा समर्पण गरेका तथा विशेष गरी मातृभाषाको शिक्षाको लागि उहाँले दिनुभएको अतुलनीय योगदानको कदर स्वरुप यस वर्ष उहाँलाई पुरस्कृत गर्न लागिएको जानकारी परिषदले दिएको छ ।

दुई वर्षको एकपटक दिइने एक लाख नगद राशिको यो पुरस्कार यसअघि नेपालमण्डल   टेलिभिजनलाई दिइएको थियो ।

 

Categorized in व्यक्तित्व