STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

समाजवादको लक्ष्यमा अघि बढ्नु पुष्पलाल श्रेष्ठप्रति सम्मान : खनाल

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ७, बुधबार

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई थप एकताबद्ध गरी सुदृढ र मजबुत बनाउँदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नु नै पुष्पलाल श्रेष्ठप्रतिको सच्चा सम्मान हुने बताएका छन् ।

आज ४२औँ पुष्पलाल स्मृति दिवसको अवसरमा वक्तव्य जारी गर्दै पूर्व प्रधानमन्त्री खनालले पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर आज नेपालमा जनवादी क्रान्ति सम्पन्न गरेको बताएका छन् । उनले पुष्पलालले नेपाल र नेपाली जनतालाई पुर्याएको योगदान कहिल्यै भुल्न नहुने बताए ।

“ऐतिहासिक प्राकृतिक विकास प्रक्रियाको रुपमा नेपाली कम्युनिष्ट आन्दोलनका जन्मदाता, प्रणेता साथै संवाहक पुष्पलाल हुनुहुन्छ”, खनालले भने, “पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर आज हामीले देशको संविधान निर्माण गरेका छौँ । नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठूला पार्टीहरुलाई एकीकृत गरेर सबैभन्दा ठूलो पार्टीका रूपमा स्थापित गरेका छौँ ।”

नेता खनालले नेपाली कम्युनिष्ट आन्दोलनले ७१ वर्ष पार गर्ने क्रममा प्राप्त भएका असाधारण उपलब्धिसँगै चुनौती पनि रहेकाले ती चुनौतीसँग जुध्न पार्टीलाई सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प नभएको स्पष्ट पार्नुभयो । आजकै दिन भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतलामा उपचारका क्रममा निधन भएको थियो । उहाँको सक्रियतामा नेपालमा पहिलोपटक विसं २००६ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको गठन भएको थियो ।

आज देशभरि विभिन्न कार्यक्रम गरी पुष्पलाल स्मृति दिवस मनाउन थालिएको छ । उहाँले बाढीजस्ता प्राकृतिक विपद्को सामना गर्दै प्रभावित नागरिकको जीवनरक्षा गर्न, उद्धार र राहतमा प्रभावकारी ढङ्गले जुट्न सम्बन्धित निकायलाई आग्रहसमेत गर्नुभएको छ ।

Categorized in राजनीति