STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सप्तकोशीमा पानीको बहाव बढ्दै

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ १५, बुधबार

काठमाडौं - निरन्तरको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा मात्र ढोका खोलिएको छ । यद्यपि सप्तकोशीमा पानीले धार परिवर्तन गर्ने वा बाँध फुट्ने सम्भावना कम रहेको कारण खतरा उत्पन्न नहुने सुरक्षा निकायको विश्वास छ ।

Categorized in राष्ट्रिय