STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सन्दीप लामिछानेको राहदानी रोक्का

Janjati Khabar – Janjati Khabar | २०७९ माघ २६, बिहिबार

काठमाडौं - काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेको पार्सपोर्ट रोक्का राख्न गृह मन्त्रालयलाईं निर्देशन दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले उच्च अदालत पाटनको पुस २९ गतेको आदेशअनुसार उनको राहदानी रोक्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयलाई पत्र लेख्दै काठमाडौं जिल्ला अदालतले भनेको छ, ‘ प्रस्तुत मुद्धाका प्रतिवादी सन्दिप लामिछाने (राहदानी नं बिए ०००७०४२) को राहदानी रोक्का राखि निज प्रतिवादी लामिछानेलाई नेपाल बाहिर जानबाट रोक्न लगाउनु हुन आदेशअनुसार अनुरोध छ ।’

जिल्ला अदालतले पुस २९ गते लेखेको पत्र गृह मन्त्रालयमा माघ २५ गते दर्ता भएको हो । अदालतको पत्रमा पत्र प्राप्त भएपछि भन्ने उल्लेख छ ।

यो पत्रसँग अब सन्दिप लामिछाने देश बाहिर जानबाट बञ्चित भएका छन् ।

Categorized in खेलकुद