STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सन्दीप ओडिआई वरियताको शीर्ष सयमा

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र ३१, बिहिबार

काठमाडौं - नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरियता शीर्ष एक सयमा परेका छन् । याे सँगै उनी नेपालबाट शीर्ष एक सय ओडिआई वरियतामा पर्ने पहिलो खेलाडी बनेका छन् ।

आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियताको बलिङतर्फ सन्दीप ९१ औं स्थानमा छन् । सन्दीपभन्दा पछि न्युजिल्यान्डका तीव्र गतिका बलर काइल जेमिसन ९५ औं र वेस्टइन्डिजका ओशान थोमस ९४ औं स्थानमा छन् । ब्याटिङ र अलराउन्डरतर्फ भने नेपालबाट ओडिआई वरीयतामा कुनैपनि खेलाडी छैनन् ।

सन्दीपले १४ ओडिआई खेलमा ३५ विकेट लिई सकेका छन् । लगातार उत्कृष्ट प्रदर्शनका साथ शीर्ष एक सयमा स्थान बनाएका हुन् । ओमान भ्रमणमा रहेका सन्दीपले पपुवा न्युगिनीसँगको दुई ओडिआई खेलमा सानदार बलिङ गरेका थिए । पपुपा न्युगिनीविरुद्ध पहिलो खेलमा ४ विकेट लिएका सन्दीपले दोस्रो खेलमा ६ विकेट लिदै नेपाललाई सहज जित दिलाएका थिए । अमेरिकासँग पहिलो खेलमा सन्दीपले २ विकेट लिएका थिए । ओमानसँगको खेलमा भने पेटमा समस्याको कारण सन्दीपले बलिङ गर्न सकेका थिएनन् ।

टि२० आई वरियताको बलिङतर्फ सन्दीप ८१ औं स्थानमा छन् । टि२० आई वरियता ब्याटिङतर्फ युवा ओपनर कुशल भुर्तेल ५९ औं स्थानमा छन् । पूर्वकप्तान पारस खड्का टि२० आईको ब्याटिङतर्फ ८८ औं स्थानमा छन् । कप्तान ज्ञानेन्द्र मल्ल पनि टि२० आई वरियता ब्याटिङतर्फ ९३ औं स्थानमा छन् ।

नेपाल ओडिआई वरियतामा १५ औं र टि२० आई वरियतामा १३ औं स्थानमा छ । ओमान भ्रमणमा रहेका सन्दीपले पपुवा न्युगिनीसँगको दुई ओडिआई खेलमा सानदार बलिङ गरेका थिए । पपुपा न्युगिनीविरुद्ध पहिलो खेलमा ४ विकेट लिएका सन्दीपले दोस्रो खेलमा ६ विकेट लिदै नेपाललाई सहज जित दिलाएका थिए । अमेरिकासँग पहिलो खेलमा सन्दीपले २ विकेट लिएका थिए ।

Categorized in खेलकुद