STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सन्तोष पन्तले पनि फिल्म बनाउने

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १, शुक्रबार

हास्य अभिनयका लागि ख्याति कमाएका सन्तोष पन्त पनि अब फिल्म निर्माणमा लाग्ने भएको छ । टेलिभिजनमा सबैभन्दा लामो समयसम्म प्रशारण भएको टेलिफिल्म ‘हिजो आजका कुरा’ मा चलचित्र बन्ने भएको छ । ‘हिजो आजका कुरा’लाई सन्तोष पन्तका छोरा साकार पन्तले निर्देशन गर्नेछन् । शुक्रबार राजधानीमा पत्रकार भेटघाटगर्दै चलचित्रको औपचारिक घोषणा गरिएको छ । तिहारपछि चलचित्रको छायाँकन सुरु हुनेछ । कथाकार, कलाकार तथा निर्माता सन्तोष पन्तले कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंको चार परिवारहरुको पारिवारिक समस्या, संघर्ष जस्ता विषयमा केन्द्रित हुँदै हरेक विदेशी सपना पुरा गर्न केही न केही गुमाउनु पर्ने कुरालाई ‘हिजो आजका कुरा’ समावेश गरिने बताए । पन्त फिल्म प्रोडक्ससनकोे ब्यानरमा बन्न लागेको चलचित्रमा सन्तोष पन्त र रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्यसँगै नवकलाकार द्वय विनायक कुइकेल, अनुष्का घिमिरेलगायतकोे अभिनय रहनेछ । ‘हिजो आजका कुरा’को कथा सन्तोष पन्त र साकार पन्त मिलेर तयार गरेका हुन् भने लेखन कार्य सन्दीप किस्नाले गरेका छन् । चलचित्रमा हर्कुलेस बस्नेतको सङ्गीत रहनेछ ।
Categorized in सिनेमा