STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

सञ्चार माध्यम र कलाकारको सम्बन्धदेखि आचारण र आचार-संहिताका विषयमा गहन छलफल सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ जेठ २९, मंगलबार

नेपाल चलचित्र कलाकारले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘कलाकार र आम सञ्चार’ विषयको विचार गोष्ठिका वक्ताहरुले नेपाली कलाकार तथा आम सञ्चारको सम्बन्धका विषयमा छलफल सम्पन्न गरेको छ ।

चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित यो समारोह चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको थियो भने सभापतित्व को अासनबाट अध्यक्ष निरद्यलाले स्वागत मन्तव्य राख्दै  विचार गोष्टिको औचित्यका बारेमा धारणा व्यक्त गरेका थिए । 

नेपाली चलचित्र क्षेत्रका झण्डै साढे दुई सय बढी चिरपरिचित अनुहारहरुको उपस्थितिमा आयोजित विचार गोष्ठिमा वरिष्ठ फिल्म निर्देशक तथा प्राध्यापक राजेन्द्र सभल, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी तथा पत्रकार कृष्ण भट्टराईले कलाकार तथा आम सञ्चार विषयमा केन्द्रित रहेर आफ्ना विचारहरु व्यक्त गरेका थिए ।

समारोहमा कलाकार र आचार संहिता विषयमा आफ्ना विचार व्यक्त गर्दै निर्देशक राजेन्द्र सलभले कलाकारिता क्षेत्रमा आवद्ध हरेक कलाकारहरुले चलचित्र कलाकार संघ तथा चलचित्र विकास बोर्डले जारी गरेका आचार संहिताहरु पालना गर्नु पर्ने धारणा व्यक्त गरे । निर्देशक सलभले कलाकारहरुले आचार संहितालाई पालना नगर्दा हुन सक्ने सम्भावित जोखिमका बारेमा समेत प्रस्ट्याएका थिए ।

पत्रकार जीवन पराजुली तथा शान्तिप्रियद्वारा सहजीकरण गरिएको यो समारोहमा ‘कलाकार तथा आम सञ्चार विषय’ मा आफ्ना विचार व्यक्त गर्दै कलाकर्मीका प्रधान सम्पादक तथा पत्रकार कृष्ण भट्टराईले कलाकारहरुलाई सञ्चारकर्मीले समाचारको स्रोतको रुपमा उपयोग गरिरहने भएकाले सामाजिक सञ्जालमा सामग्री पोष्ट गर्दा सजग, चनाखो तथा समेत हुनु पर्ने धारणा व्यक्त गरे ।

सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीले कलाकारहरु पत्रकारले सोधेका हरेक प्रश्नको जवाफ दिन बाध्य हुनु नपर्ने धारणा व्यक्त गरे । 

सामुहिक राष्ट्रिय गानबाट प्रारम्भ भएको समारोहमा वरिष्ठ अभिनेत्री भुवन चन्द, वसुन्धरा भुसाल तथा चैत्यदेविले कलाकार संघद्वारा प्रकाशित २०८१ सालको क्यालेन्डर विमोचन गरिएको थियो ।

तस्विरहरुः बद्री थापा

Categorized in सिनेमा