STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सङ्कटालाई आहा ! रारा पोखरा गोल्डकपको उपाधि

Janjati Khabar – Janjati Khabar | २०७९ पौष २३, शनिबार

काठमाडौं - सङ्कटा फुटबल क्लबले २२औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप’को उपाधि जितेको छ ।

पोखरा रङगशालामा आज सम्पन्न फाइनल खेलमा अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब (विवाइएससी) मिनेसोटालाई ३–२ गोलले हराउँदै सङ्कटा दोस्रोपटक च्याम्पियन बनेको हो ।

सङ्कटाले यसअघि २०औँ संस्करणको पनि उपाधि जितेको थियो । विजेता टोलीले रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता भुटनिज युथ क्लबले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

सङ्कटालाई च्याम्पियन बनाउन सुरजज्यू ठकुरी, मेसुके ओलामाउ र सुनिल बलले एक–एक गोलको योगदान गर्नुभयो । उपविजेता भुटनिज युथ क्लबका तर्फबाट रेने स्यान्टिलन र विलिस ग्रिफिटले गोल गरे।

खेलको सातौँ मिनेटमा सुरजज्यू ठकुरीको गोलमा सङ्कटाले अग्रता लिएको थियो । यसैगरी खेलको ३५औँ मिनेटमा मेसुके ओलामाउले गोल गर्दै अग्रता दोब्बर बनाउनुभएको थियो । भुटनिज युथ क्लबका लागि रेने स्यान्टिलनले खेलको ३७औँ मिनेट र पहिलो हाफको अतिरिक्त समयमा विलिस ग्रिफिटले दोस्रो गोल गर्दै खेल बराबरीमा पुगेको थियो ।

खेलको दोस्रो हाफमा कुनै पनि गोल भएन । निर्धारित ९० मिनेटको समय बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफ गोलरहित बराबरीमै सकियो । तर एक सय १७औँ मिनेटमा सङ्कटाका सुनिल बलले निर्णायक गोल गर्दै टिमलाई च्याम्पियन बनाएका थिए।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सङ्कटाका सुनिल बल घोषित भए। उनले एलजीको इलेक्ट्रिक स्कुटर प्राप्त गरे। उत्कृष्ट मिडफिल्डरमा सङ्कटाका आयुष घलान, उत्कृष्ट गोलरक्षकमा सङ्कटाकै टिकेन्द्र थापा, उत्कृष्ट फरवार्ड सङ्कटाकै स्टेफन बिनोङ र उत्कृष्ट डिफेन्डरको उपाधि भुटनिजका हेक्टर ओर्टेगाले प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा सङ्कटाका सल्यान खड्गी घोषित भए। उनीहरु सबैले जनही रु २५ हजार पुरस्कार प्राप्त गरे।

Categorized in खेलकुद