STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सखुवाको काठ बरामद

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १३, बुधबार

डिभिजन वन कार्यालय झापाले दमक नगरपालिका–५ स्थित फर्निचर उद्योगले खाडलमा लुकाएको सखुवा जातको काठ बरामद गरेको छ । धनेश्वर काष्ठ तथा दाउरा खरीद बिक्री केन्द्रले उद्योग परिसरमै खाल्डो खनेर लुकाएको तीन सय दश दशमलव २५ क्यूफिट सालको चिरान काठ सोमबार बरामद गरेको जनाएको छ । विशेष सुराकीको आधारमा सो काठ डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालय दमक र सुरुङ्गाबाट गएको टोलीले काठ बरामद गरेको हो । सो काठ सवडिभिजन वन कार्यालय सुरुङ्गामा राखिएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो । उद्योगका प्रमुख सोमबहादुर तामाङ भने फरार रहेको कार्यालयले जनाएको छ । उनको खोजी कार्य गरिरहेको जनाउँदै प्रमुख घिमिरेले भन्नुभयो, “तामाङलाई वन ऐन २०४९ अनुसार एक वर्ष जेल सजाय र काठको बिगोअनुसारको जरिवाना हुनेछ ।”
Categorized in अपराध-दुर्घटना