810x100 Header Nepal Rastra Bank ADV
janswastha 11 11 78

सकियो मतदानको समय, आजै बेलुकीबाट मतगणना शुरु हुने

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ३०, शुक्रबार

बाठमाडौं - स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएको छ । आजै (शुक्रबार) बेलुकीबाट मतगणना शुरु हुने भएको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदानमा छिटपुट घटना बाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको जनाइएको छ ।

साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइएको र मतदान कार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षित रुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफल लगत्तै आजै मत गणनाकार्य शुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

देशभर ७५३ पालिकामध्ये कपिलवस्तुको एक पालिकाबाहेक सबै पालिकाका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ । दोलखा, सर्लाही, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदानकार्य अवरुद्ध भएकामा सञ्चालन गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ ।

Categorized in राष्ट्रिय
Newa Online Adv