STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संस्कृति र सांस्कृतिकता झल्किने फिल्मलाई प्रदेश सरकार सहयोग गर्न तयार - प्रदेश मन्त्री महर्जन

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण ६, शनिबार

किशोर किशोरीहरूको म्युजिक भिडियो सुस्तरी सार्वजनिक

कीर्तिपुरका उदयीमान १४ वर्षीय गायक एरोन महर्जनको गीत ‘सुस्तरी’ को म्यूजिक भिडियो  शुक्रबार सार्वजनिक गरिएको छ । विभिन्न पुरस्कार समारोहमा अवार्ड विजेता बाल गायक एरोनको म्यूजिक भिडियो  शुक्रबार माननीय बागमति प्रदेशका पर्यटन , संस्कृति , सहकारी मन्त्री पुकार महर्जनद्वारा सार्वजनिक गरिएको हो । प्रमुख अतिथी माननीय मन्त्र महर्जनले " सुस्तरी ” म्युजिक भिडियो को प्रशंसा गर्दै यस्ता भिडियोहरु मा देशको कला संस्कृति र सांस्कृतिक पक्षलाई कथा वस्तुमा उनेर बनाउनु पर्ने राय व्यक्त गर्नु भयो र त्यस्ता म्युजिक भिडियो र फिल्महरुलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको कुरा बताए ।

सार्वजनिक गरिएको कार्यक्रम लगत्तै सो म्यूजिक भिडियो एरोन महर्जनकै युट्युब च्यानलबाट पनि सार्वजनिक गरिएको छ ।

किशोर उमेरका केटाकेटिको टीन एज लभको कथावस्तुमा बनेको म्यूजिक भिडियो कन्सेप्ट गायक एरोनकै आमा राज्यलक्ष्मी महर्जनको रहेको छ ।

म्यूजिक भिडियोमा गायक एरोनको साथमा लूमिला जोशीले अभिनय गरेकी छन् । लूमिला पनि सांगितिक परिवारसँगै सम्वन्धित कलाकार हुन् । लूमिला स्वर्गीय गायक द्वारीकालाल जोशीकी नातिनी र गायिका लसता जोशीकी सुपुत्री हुन् भने उनी आफैं गायिका पनि हुन् ।

गीतमा शब्द र संगीत भुवन महर्जनको रहेको छ । म्यूजिक भिडियोको कोरीयोग्राफी अन्नु महर्जनको रहेको छ भने छायाङ्गन दिनेश महर्जनले गरेका छन् । दृश्य सम्पादन, रंग समिश्रण र निर्देशन योवन शाक्यले गरेका छन् । ध्व छक्वः रेखाया, अाजु द्यः,स्वन्हु,शहिद लगायतका चर्चित शर्टफिल्महरु बनाइ विभिन्न पुरस्का्हरु जितिसकेका निर्देशक शाक्य बारे बोल्दै सो प्रिमियर कार्यक्रममा विशिष्ट अतिथी विजयरत्न असंबरे ले योबन शाक्यमा अकुट शिल्पकारिताको भण्डार छ तर त्यसको सदुपयोग म्युजिक भिडियो र फिल्म क्षेत्रमा भएको छैन भनि भने ।

गायक महर्जनले यस अघि नेपालभाषाको गीत ‘यःमां’ प्रकाशमा अाइसकेको छ भने यसै गीतबाट उनले पेजथ्री नेपालभाषा पिपुल्स च्वाइस अवार्ड र नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड विजेता हुन् ।

Categorized in साहित्य-कला