STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संस्कृति बचाऔंका अभियन्ताहरुले भेटे केपी ओली

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ पौष २१, बुधबार

दुईदशक भन्दा बढी समय देखि चेतनामूलक अभियान संचालन गर्दै आएको सामाजिक संस्था परिवर्तन नेपालले पछिल्लो पटक नेपाली संस्कृति बचाऔं अभियानको थालनी गरेकोछ । पछिल्लो समयमा नेपाली संस्कृति र देशको पहिचान माथि बैदेशिक हस्तक्षेप बढेकाले अभियानको रूपमा संस्कृतिको बचाउ गर्न अभियान संचालन गरेको अभियानको सचिवालयले बताएकोछ । यसै सन्दर्भमा अभियानका अभियन्ताहरूले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी देशमा बढिरहेको सास्कृतिक अतिक्रमण बारे ध्यानाकर्षण गराएका थिए भने  बुधबार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभियानका अभियन्ताहरूले भेटेका हुन । भेटका अबसरमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सभ्यता ईतिहाश र संस्कृति जोगाउन जरूरी रहेको बताउनु भएको छ ।ओलीले सभ्यताको श्रृष्टी नै आफ्नो भुमीबाट भएको कुरा गर्दै यसलाई जोगाएर अघि बढदा मात्रै ईतिहाश माथि न्याय हुने बताउनु भएको छ ।

चलचित्रकर्मी तथा महाअभियानका संयोजक मोहन निरौलाले पूर्व प्रधानमन्त्री ओलीलाई महाअभियानको तर्फबाट ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो ।सोही अबसरमा नेपालको संस्कृति झल्कने प्रतिकात्मक छांया चित्र पनि पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाअभियानका अभियन्ताले हस्तान्तरण गरेका थिए भने नेपाली संस्कृतिको प्रतिक छाया चित्रमा उल्लेख गरिएका बिम्ब बारे डिजाईनर तथा अभियानका सदस्य सुन्दर श्रेष्ठले चित्रको प्रस्तुती बारे व्याख्या गरेका थिए ।ध्यानाकर्षण पत्रमा नेपालमा बढदै गैरहेको सबै धर्म संम्प्रदायको धर्मान्तरणले नेपालको संस्कृति विस्थापित हुने खतरा बढेको र देशको पहिचान नै मासिने अबस्थामा पुगेकोले यसतर्फ सबै नागरिक र जिम्बेवार पक्षकों ध्यान दिनु पर्ने कुरा बिशेष रूपमा औल्याईएको छ । यसैगरी बिदेशी चलचित्रको निर्वाध प्रदर्शनबाट एकातिर नेपाली चलचित्र बिस्थापित हुने खतरा बढेको र बिदेशी चलचित्रको कारणबाट नेपाली भाषा कला संस्कृतिमा गम्भीर असर परिरहेकोछ कुरा पनि उल्लेख गरिएकोछ ।

नेपाली संस्कृति बचाऔं महाअभियानका अभियन्ता मोहन निरौला,सुन्दर श्रेष्ठ,मुकुन्द मैनाली,ठण्डबहादुर अधिकारी,मनोज भेटवाल र विश्बदीप घिमिरे लगायतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका थिए ।

Categorized in साहित्य-कला