STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संस्कृति बचाउन अघि सरे युवा

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १८, सोमबार

संरक्षणको अभावमा लोप हुनलागेका मौलिक कला संस्कृतिको संरक्षणमा थवाङका युवा अघि सरेका छन् । युवाको उक्त अभियानलाई स्थानीय सरकारले साथ दिएको छ । वषौँदेखि देखिन छोडेका त्यस्ता कला संस्कृतिले यसवर्ष थवाङमा आयोजित सांस्कृतिक महोत्सवको अवसरमा पुनरजीवित हुने अवसर पाएका हुन् । वितेका ५५ वर्षयता ननाचिएको नचारु नाँच यस पटक गाउँपालिकाले विशेष पहल गरी प्रदर्शन गरेको थियो । “वडा वडामा २० दिन लामो तालीम दिई उक्त नाचलाई पुरानो पुस्ताबाट नयाँ पुस्तालाई हस्तान्तरण ग¥यौं”, गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीले भन्नुभयो, “समुदायमा लोकप्रिय भए पनि व्यवस्थापनको अभावमा लोप हुन थालेको नचारु नाँचको प्रवद्र्धनका लागि हरेक वर्ष महोत्सव आयोजना गरेर संरक्षण गछौं ।” उहाँका अनुसार बाजाको तालमा नाचिने उक्त नाँच युद्धकलासँग जोडिएको रोल्पा रुकुमका मगर समुदायले नाच्ने प्रसिद्ध नाच हो । उक्त नाच राति रमाइलोका लागि नाचिन्छ भने दिउँसो नाचिने सो नाच शारीरिक ब्यायाम र प्रतिरक्षासँग सम्बन्धित कठिन नाचको रुपमा लिइन्छ । युवामा पुराना संस्कृति संरक्षण गर्नुपर्छ, भन्ने भावनालाई स्थानीय सरकारले सहयोग गरेको स्थानीय युवा मौसम रोकाले बताउनुभयो । नयाँ पुस्तामा आफनो संस्कार संस्कृतिमा चासो बढाएको उल्लेख गर्दै रोकाले भन्नुभयो, “वेषभूषा र कला संस्कृति संरक्षणमा युवाको चासो बढ्नुले लोपोन्मुख संस्कृति संरक्षणमा सकारात्मक पक्ष हो ।” उहाँका अनुसार युवायुवती परम्परागत पोशाक लगाएर सो नाच नाच्ने भएकाले कला संस्कृति र वेषभूषासमेत संरक्षण भएको छ । यस्ता कला संस्कृतिले पर्यटकको आकर्षण समेत बढाएको रोकाले बताउनुभयो । आगामी वर्ष स्थानीय सरकारले विशेष पहल गरी यस्ता कला संस्कृति रक्षामा ध्यान दिन जरुरी रहेको उहाँको भनाइ छ । नचारु नाचको साथै छोरे पैसेरु, ढिकुरे नाँच पनि लोपोन्मुख अवस्थामा रहेका कला संस्कृति हुन । छोरे पैसेरु नाच्न छाडेको पनि ५० वर्ष बढी भएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो । नयाँ पुस्तालाई पुरानो कला संस्कृतिप्रति जिम्मेवार बनाउँदै त्यसको संरक्षणमा गम्भिरतापूर्वक लाग्न गाउँपालिकाले विशेष अभियान थालनी गरेको उहाँले जानकारी दिनुभयो । शान्ति प्रक्रियाको थालनीसँगै राज्य पुनःसंरचनापछि बनेका स्थानीय सरकारको गठनसँगै यस्ता कला संस्कृति संरक्षणमा जुट्नु सकारात्मक भएको कला संस्कृतिकर्मीले बताएका छन् ।
Categorized in राष्ट्रिय