STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संस्कृतिको सम्बर्द्धन गर्न मच्छेगाउँमा लाखे नाच

Janjati Khabar – विजयरत्न असंबरे | २०८० भाद्र २४, आइतबार

नेपाल साँस्कृतिक कला मन्दिर मच्छेगाउँ कोआयोजनामा हुने ‘लाखे नाच’प्रदर्शनी यसपटक आगामी असोज ५ र ६ गते हुने भएको छ । उक्तप्रदर्शनीमा देशभरका नेवार समुदायबाट प्रदर्शनीकालागि लाखे ल्याइने भएकोछ । चन्द्रागिरि नगरपालिका९, मच्छेगाउँमाआयोजनाहुने यस पटकको प्रदर्शनीमा ४२ समूहले लाखे नाच प्रदर्शन गर्ने आयोजक संस्थाका अध्यक्ष रमेश शाहीले जानकारी दिएका छन् ।

आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवाजमातलाई आफ्नो मौलिककला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्धेश्य रहेको अध्यक्षशाहीले बताए ।

कार्यक्रममालाखे नाचमा सहभागीहरू लगायत विभिन्न विधामा क्रियाशील ख्यातीप्राप्त व्यक्तिहरूलाई सम्मान गरिने बताइएको छ। २०५८ सालमा स्थापना भएको नेपाल साँस्कृतिक कला मन्दिरले मौलिक संस्कृति जगेर्ना क्षेत्रमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

Categorized in उपत्यका