STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको निधन

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र २६, मंगलबार

काठमाडौं - संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ ।

उनलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । तर उनको बाटोमै निधन भएको जनाइएको छ ।

शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार, उनलाई राती १:२० बजे अस्पताल ल्याएको थियो ।

यसैबीच शिक्षण अस्पतालमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पताल पुगेका छन् । नेम्वाङको निधनको खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुगेका हुन् ।

Categorized in व्यक्तित्व